nic bank
Nmb bank
Machhapuchchhre Bank

इन्फास्ट्रक्चर बैंकको शेयर कारोबार सुरु

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । आजदेखि नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को शेयर कारोबार सुरु हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार सो कम्पनीको शेयर सूचीकृत भएसँगै आजदेखि सो शेयरको कारोबार खुल्ने भएको हो । शेयर कारोबार सुरु हुनुअघि नेप्सेले सो शेयरको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज दिनेछ । सो रेञ्जभित्रको मूल्यमा रहेर सो कम्पनीको शेयर कारोबार गर्न सकिनेछ ।

आर्थिक वर्ष २०७६र०७७ को अन्त्यसम्म नेपाल इन्फास्ट्रक्चर बैंकको प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ ६९ पैसा थियो । यही नेटवर्थका आधारमा पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज तय हुन्छ । जसअनुसार यो बैंकको शेयर कारोबार न्यूनतम १ सय १४ रुपैयाँदेखि ३ सय ४० रुपैयाँसम्म हुन सक्नेछ ।

कति मूल्यमा होला कारोबार रु

न्यूनतम र अधिकतम मूल्य तोके पनि त्योबीचमा कारोबार मूल्य भने क्रेता र बिक्रेताबाट नै निर्धारण हुन्छ । कुनै बिक्रेताले योबीचको कुनै पनि मूल्यमा शेयर बेच्न चाह्यो र क्रेताले पनि सोही मूल्यमा किन्न चाह्यो भने सोही मूल्य नै पहिलो कारोबारको मूल्य मानिन्छ । कुनै पनि शेयरको पहिलो कारोबार कति मूल्यमा हुन्छ भनेर यसै भन्न चाहिँ सकिन्न ।

उच्च मूल्य पुग्ने प्रक्षेपण गरिएका शेयर सामान्यतया तोकिएको मूल्यको सबैभन्दा माथिल्लो विन्दुमा कारोबार हुन्छ भन्ने अपेक्षा राखिन्छ । तर व्यवहारमा त्यसो भएको छैन ।

प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरि हिल्स लगायत कम्पनीका शेयर यसका उदाहरण हुन् । प्रभु लाइफलाई नेप्सेले ३ सय २८ रुपैयाँको उच्च कारोबार विन्दु तोकेको थियो । तर, यो १ सय ३७ रुपैयाँमा कारोबार सुरु भएको थियो । त्यस्तै चन्द्रागिरि हिल्सको शेयर पनि २ सय ९० रुपैयाँसम्म कारोबार हुन सक्थ्यो । तर, यो शेयर पनि १ सय ६२ रुपैयाँमा पहिलो कारोबार भएको थियो ।

कुनै शेयरको पहिलो कारोबारकुन मूल्यमा भयो भन्नेले शेयरको मूल्य कतिसम्म पुग्ला भन्ने निर्धारण गर्दैन । तर, यसले बजार परिसूचकलाई बढाउन वा घटाउन तथा शेयरको मूल्यलाई स्वभाविक अवस्थामा पुग्न लाग्ने समयमा भने प्रभाव पार्न सक्छ ।

नेप्सेले दिएको ओपनिङ रेञ्जभित्र पहिलो कारोबार जुनसुकै मूल्यमा कारोबार भए पनि यसले नेप्से परिसूचक वा सम्बन्धित उपसूचकमा कुनै असर गर्दैन । तर, दोस्रो कारोबारदेखि भने पहिलो कारोबारको मूल्यका आधारमा परिसूचकमा तलमाथि हुने सम्भावना रहन्छ ।

कति पुग्ला मूल्य रु

कुनै पनि शेयरको बजारमूल्यलाई यसको आधारभूत पक्ष तथा बजार मनोविज्ञानले प्रभाव पार्ने गर्छ । धेरैजसो अवस्थामा आधारभूत पक्षले बजार मनोविज्ञानलाई प्रभाव पारेको हुन्छ । तर, सँधैं त्यस्तो अवस्था नरहन पनि सक्छ ।

आधारभूत पक्षले सो कम्पनीले भविष्यमा गर्ने आम्दानी तथा त्यसबाट प्राप्त हुने सक्भावित प्रतिफलाई मूल्यांकन गर्छ । निफ्राले गत आर्थिक वर्षमा ७ रुपैयाँ ६ पैसा प्रतिशेयर आम्दानी गरेको थियो ।

यसको अर्थ निफ्राको शेयरमा १ सय रुपैयाँ लगानी गर्नेले ७ रुपैयाँ आम्दानी हासिल गरेको अवस्था हो । आगामी ३ वर्षसम्म निफ्राले ८ रुपैयाँ ८२ पैसा प्रतिशेयर आम्दानी गर्ने लक्ष्य लिएको छ ।

इन्फास्ट्रक्चर बैंक पूर्वाधार क्षेत्रको पहिलो विशिष्टिकृत बैंक हो । यस्तो बैंकको लगानीको दायरा वाणिज्य बैंकहरुको भन्दा संकुचित हुन्छ । पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भएकोले यस्तो संस्थाको प्रतिफल पनि ढिलो नै प्राप्त हुन्छ । त्यसैले आधारभूत रुपमा हेर्दा यो बैंकको मूल्य धेरै माथि जानुपर्ने कारण छैन । यद्यपि बैंकले लगानीकर्तालाई उचित समयमा उचित पैतिफल दिने भन्दै ढुक्क हुन आग्रह गरिसकेका छ ।

तर, यो शेयरमा मनोवैज्ञानिक पक्ष बढी हाबी हुने देखिएकोले मूल्य निकै माथिसम्म पुग्नसक्ने सम्भावना पनि छ । इन्फास्ट्रक्चर बैंक अहिलेसम्मकै सबैभन्दा धेरै चुक्ता पुँजी भएको र अहिलेसम्मकै सर्वाधिक शेयरधनी भएको कम्पनी समेत हो । सबैलाई समानुपातिक रुपमा शेयर वितरण भएकोले यो शेयरको मूल्यप्रतिको चासो पनि धेरैलाई छ । त्यसैले यो शेयरको मूल्य ओपनिङ रेञ्जको माथिल्लो सीमाभन्दा पनि माथि पुग्नसक्ने विश्लेषकहरु बताउँछन् ।

यो बैंक सार्वजनिक निजी साझेदारी ९पीपीपी०मोडलमा स्थापना भएको बैंक हो । सरकारले सो बैंकमा चुक्ता पुँजीको १० प्रतिशत बराबरले हुने २ अर्ब रुपैयाँ लगानी गरेको थियो । बजारमा सरकारी कम्पनीका शेयरहरु निके माथि रहेको अवस्थामा यो फ्याक्टरले समेत काम गर्नसक्ने सम्भावना समेत विश्लेषकहरु औंल्याउँछन् ।

निफ्राको शेयर कारोबार भएसँगै नेप्सेको बजार पुँजीकरणमा ठूलो हिस्सा थपिनेछ । नेप्सेले तोकेको माथिल्लो मूल्यमा कारोबार हुने हो भने एकैपटक करिब ६८ अर्ब रुपैयाँको बजार पुँजीकरण थप हुनसक्ने सम्भवना छ । यतिबेला नेपाली शेयर बजारको सम्पत्ति नेपालको कुल ग्राहर्स्थ उत्पादनको ९० प्रतिशत पुग्न लागिसकेको छ । यो शेयर कारोबापछि यो थप नजिक पुग्नेछ ।

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

वि.सं.२०८० चैत १६ शुक्रवार १३:१२

  काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती...

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न...

वि.सं.२०८० चैत १६ शुक्रवार १०:१४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक...

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार १०:११

  काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक...

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली...

वि.सं.२०८० चैत १५ बिहीवार २३:२४

  काठमाडौं। झापाको कन्काई नगरपालिकाले नगरवासीका लागि डिजिटल ठेगाना प्रणाली...

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो...

वि.सं.२०८० चैत १५ बिहीवार २३:०१

  वीरगंज चैत्र । मधेशी एकता समाज कतारले राजधानी दोहामा...