nic bank
himalayan everesat
Nmb bank

करोडौंको सम्पति भएका दम्पतीलाई आफ्नै डा. छोराले सबै सम्पति हडपेर सडकमा पुर्‍याए

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 


काठमाडौं । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडानम्बर ५ स्थायी घर भएका बुवा हरि कुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कुटपिट गर्दै आएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मलेनमा बोल्दै हरी बहादुरले सानोभर्याङमा भएको सानो भर्याङस्थित ७० हजार रुपैयाँ महिनाको भाँडा आउने तीन तलाको घर छोराले ओगटेको बताए । उनले छोरीले इजरायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जानकारी दिए । ‘छोरीको नागरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो ।’ उनले भने,‘तर छोराले त्यही सम्पत्तिलाई दाबी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मुद्दा दिएको छ ।’

श्रेष्ठले छोरा प्रेमराजा श्रेष्ठलाई २०५८ सालमा चिनमा एमबिबिएस अध्ययन गर्न पठाएको, ०७२ सालसम्ममा एमबिबिएस, पिएचडी सकेर नेपाल फर्किएकोे र १४ वर्षसम्म एमबिबिएसदेखि पिएचडीसम्म आफ्नो जायजेथाले पढाएको बताए । उनले छोराले आफुलाई मुद्दामा बाबु नाता पर्ने लेखेकोमा दखेसो गरे । उनले भने,‘अहिले छोराले मेरोआमा बुबा होइन भन्छ ।’

उनले छोराले आफुलाई डाक्टर भन्दै अंकलोजीमा पिएचडि गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बोलचाल नभएको पनि उनले सुनाए । उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओगटेको हुनाले आफुहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शरणार्थी भएर हिड्न परेको छ ।’–उनले भने ।

कार्यक्रममा बोल्दै आमा कमलादेवीले रातदिन दुःख गरेर छोरालाई हुर्काएको, पढाएको छोराले मुख छाड्दा मन दुखेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ,’–उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्रमाण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मुद्दा मामिलामा हिँड्न परेको गुनासो गरिन् ।

उनले छोरा–छोरीलाई हुर्काएको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्–‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अन्धो हुनुपर्छ ।’ उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा गर्भमै तुहियोस् र कसैलाई यस्तो छोरा नदिउन् ।’

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...