मुख्य खबर

स्ट्यान्डर्ड चार्टर्ड बैंक कारवाहीमा 

  • आर्थिक प्लस संवाददाता

    २०७७ फाल्गुन २० गते, बिहीबार १०:०४ मा प्रकाशित


काठमाडौं ।नेपाल राष्ट्र बैंकद्वारा स्ट्यान्डर्ड चार्टर्ड बैंक कारवाहीमा थालेका छन् । नेपाल राष्ट्र बैंकको नीति, निर्देशन र नियमन उल्लंघन गर्ने बैंकहरू कारवाहीमा पर्न थालेका छन् । यसरी कारवाहीमा परेर पचासौं लाख दण्ड भोग्नेमा विदेशी व्यवस्थापनमा संचाल हुँदै आएको चर्चित बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ ।

नेपाल राष्ट्र बैंकको सुपरीक्षण विभाग श्रोतका अनुसार, सो बैंकले २०७७ पुस मसान्तसम्म प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमा कर्जाप्रवाह नगरेका कारण नगद जरिवाना तिर्नु परेको हो ।

श्रोतका अनुसार, नेपाल राष्ट्र बैंकको घोषित नीतिलाई उल्लंघन गरेको आरोपमा बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५७ लाख ८४ हजार ६ सय १७ रूपैयाँ २४ पैसा जरिवाना गरिएको छ ।

त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुन कर्जाप्रवाह गर्दा आवश्यक कागजात पूरा नलिएर पुन कर्जाप्रवाह गरेकोमा समेत नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।