nic bank
himalayan everesat
Nmb bank

राष्ट्रिय खाद्य बैंकलाई ८ बैंकले परियोजना ल्याउन माग

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं । राष्ट्रिय खाद्य बैंकलाई ८ बैंकले परियोजना ल्याउन माग गरेका छन् । ‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान ’भन्ने मूलनाराका साथ वैशाखदेखि सञ्चालनमा आउन लागेको खाद्य बैंकमा ६ वटा कमर्शियल बैंक र दुई वटा विकास बैंकले पोजेक्ट ल्याउन भनेका हुन् । नबिल, मेगा, एनआईसी एशिया, सनराइज, एनएमबी, प्राइम तथा गरिमा र सांग्रिला बैंकले प्रोजेक्ट माग गरेको बैंकमा अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए ।

‘अहिले २ अर्बको पुँजीमा बैंक स्थापना गरिए पनि हाम्रो योजना र लक्ष्यअुनसार काम गर्न त्यो पैसाले धान्दैन,’ उनले भने ‘हामीलाई धेरै पैसा चाहिन्छ ।’ उत्पादनदेखि प्रशोधन र बजारीकरण अझ भन्नुपर्दा उपभोक्तको चूलो मै खाद्यान्न पुर्याउने हाम्रो अभियान भएकाले पैसा बढी आवश्यक पर्न सक्छ ।

यहि दौरानमा हामीले बैंकहरूसँग राय सल्लाहलिँदा बैंकहरूले पैसाको कुनै चिन्ता नगर्न आफूलाई आश्वासन दिएको अध्यक्ष उप्रेतीले बताए । ‘परियोजना ल्याउनुस्, हामी लगानी गर्छौ भनेका छन्,’ उनले भने ‘हाम्रो ठूलो टिम भएकोले पनि हामीलाई सबैतिरबाट सहयोग मिल्ने देखिएको छ । अहिले यो टिमको संयन्त्रले कामगर्न शुरु गरिसकेको छ ।

खाद्य बैंकमा २० जना कृषि प्राविधिक, इजरायल, जापान तथा कोरियाबाट सीप र ज्ञान हासिल गरेका ५६ जना ऊर्जा शिलजनशक्ति, अर्थ व्यवस्था, कानुनका सम्बन्धमा हेर्ने छुट्टै टिम छ,’ उनले भने ‘यो वर्ष बैंक स्थापना र व्यवस्थापनका साथै केही खाद्यान्न बाली उत्पादन गर्ने योजना बैंकले बनाएको छ ।’ धान, गहुँ, मकै, कोदो, आलु उत्पादनगर्न बैंकले २२ जिल्लासँग सम्झौता नै गरिसकेको छ ।

बैंककाअनुसार अर्को वर्ष यो बैंक देशको सबै जिल्लामा पुग्नेछ । फूड न्यूट्रेशन तथा एग्रो टुरिजम गदै उत्पादनलाई हामी औद्योगिक उत्पादनसँग जोड्ने छौं । कृषिका उत्पादनलाई भ्यालू एड गर्नतर्फ बैंकको ध्यान केन्द्रीत हुने उनले बताए । पहिलो वर्ष यी वस्तुको उत्पादनमा फोकस भएर दोस्रो वर्षमा आउटलेट खोल्ने योजनामा बैंक रहेको छ ।

आवश्यकता हेरेर यस्तो संरचना तयार हुनेछ । हामी घरमै पनि डेलिभरी गछौ । खाद्य बैंकले उत्पादनगर्न शुरु गरेपछि हामी आम उपभोक्तालाई अहिको भन्दा आधामूल्यमा तरकारी र तीन तिहाई मूल्यमा फलफूल र १५ देखि २० प्रतिशत कम मूल्यमा खाद्यान्न उपलब्ध गराउने छौं,’ उनले भने ।

१५ वर्षसम्ममा हामी जडिबुटी उत्पादन र भरसक प्रशोधन पनि गर्ने स्थानमा पुग्ने बैंकको उद्देश्य छ । देशमा वार्षिक रुपमा खर्बौ रुपैयाँको कृषि उत्पादनभित्र्ने गरेको छ । यसलाई प्रतिस्थापन गर्नु हाम्रो मूल उद्देश्य भएको अध्यक्ष उप्रेतीले बताए । रोजगारीको खोजीमा बाहिरिएका जनशक्तिलाई यहि राखेर आफ्नै माटोमा प्रविधिको माध्यमबाट कामगर्न लगाउने तथा त्यस्तो सीपको विकास गर्ने हो ।

कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ : मन्त्री साह

कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ...

वि.सं.२०८० चैत १२ सोमवार १७:३८

  काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि...

पशु बीमा कम्पनीलाई ४८ करोड

पशु बीमा कम्पनीलाई ४८ करोड

वि.सं.२०८० चैत ५ सोमवार १६:२७

  काठमाडौं । सरकारले पशु वीमा कम्पनीलाई सहज बनाउन करिब...

दुग्ध किसानले एक साताभित्रै भुक्तानी पाउने गरी काम गरिरहेको छु : कृषिमन्त्री साह

दुग्ध किसानले एक साताभित्रै भुक्तानी पाउने गरी...

वि.सं.२०८० चैत ३ शनिवार १२:३६

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले एक...

‘कृषिजन्य उद्योगमा विद्युत निःशुल्क गर्नुपर्छ’

‘कृषिजन्य उद्योगमा विद्युत निःशुल्क गर्नुपर्छ’

वि.सं.२०८० माघ २७ शनिवार १९:३०

  काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले,...

कृषिमा आधारित उद्योगको विकासमा केन्द्रीत छौं : प्रधानमन्त्री

कृषिमा आधारित उद्योगको विकासमा केन्द्रीत छौं :...

वि.सं.२०८० माघ २० शनिवार १७:०१

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगको विकासमा...

काठमाडौँ जिल्लाबाट प्रदिप तामाङ भए राष्ट्रपति उत्कृष्ट कृषक मातातिर्थमा व्यवसायिक च्याउ खेती गर्दै आएका थाक्रे

काठमाडौँ जिल्लाबाट प्रदिप तामाङ भए राष्ट्रपति उत्कृष्ट...

वि.सं.२०८० माघ १५ सोमवार ०३:११

गाउँपालिका ३, धादिङका प्रदिप तामाङ काठमाडौँ जिल्लाबाट राष्ट्रपति उत्कृष्ट कृषक...