मुख्य खबर

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ विक्री खुला

  • आर्थिक प्लस संवाददाता

    २०७७ फाल्गुन २१ गते, शुक्रबार ०९:३० मा प्रकाशित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आज फागुन २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्दैछ । सिडिएससी एण्ड क्लियरिङ हाउसले फागन २३ गते आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो । सोही अनुरुप कम्पनीको शेयरमा भोलिबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी दुई अर्ब २० करोडको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैयाँ अंकित दरका ६६ लाख निष्काशन गन लागेको हो । जसमध्ये कुल निष्काशनको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५९,४०,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

कति कित्ता दिने  
न्युनतम १० कित्ता देखि अधिकतम ६६,००० कित्ता सम्म आवेदन दिन सकिन्छ । धितोपत्र निष्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश–दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको छ ।

यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ९४ हजार जना आवेदकले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको आईपिओ तथ्यांक अनुसार १५ लाख माथि सजिलै आवेदन पर्ने सम्भावना छ। त्यसैले यो आईपिओमा दश कित्ता आवदेन दिंदा ठिक देखिन्छ।