मुख्य खबर

अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना

  • आर्थिक संवाददाता

    २०७७ फाल्गुन २२ गते, शनिबार १५:१९ मा प्रकाशित

 

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एन्फाले चैतमा त्रिदेशीय अन्तराष्ट्रिय फुटबल आयोजना गर्ने जनाएको छ । प्रतियोगिता चैत ९ देखि १७ ९मार्च २२ देखि ३०० सम्म हुनेछ ।

दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।

किर्गिस्तानको टिम भने यू(२३ टिम हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा कुल ४ खेल हुनेछ ।

विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै एन्फाले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी गरेको थियो ।

नेपालमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेर विश्वकप छनोटका लागि दबाब दिने रणनीतिमा एन्फा लागेको हो ।

एन्फा अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गरेर विश्वकप छनोटको बाँकी खेल घरेलु भुमिमै सञ्चालन गर्न चाहेको छ ।

मेलम्ची खानेपानी पानी आज काठमाडौं आइपुग्ने, प्रधानमन्त्री ओली अवलोकन गर्न जाँदै

एयकत ख्ष्भधकस् द्धघ