nic bank
himalayan everesat
Nmb bank

कोरोनापछि किन ह्वात्तै बढ्यो ल्यापटपको मूल्य ? नेपालमा कहाँ बाट भित्रिन्छ ल्यापटप ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।  कोरोना महामारीपछि सबै ब्राण्डका ल्यापटपको मूल्य १० हजार रुपैयाँ बढेको छ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) का उपाध्यक्ष रञ्जित पोद्दारले उत्पादक देशमै ल्यापटपको मूल्य बढेको बताउँदै ढुवानी भाडा(सिपिङ कस्ट) पनि बढेको बताए। नेपालमा आयात हुने अधिकांश ल्यापटप चीनबाट आयात हुन्छ। मलेसिया, सिंगापुरलगायतका देशबाट पनि ल्यापटप आयात हुन्छ।

‘कोरोनापछि चीनमै ल्यापटपको मूल्य बढ्यो। योसँगै ढुवानी भाडा समेत बढ्दा एउटा ल्यापटपमा १० हजारसम्म मूल्य बढेको हो,’ उनले भने। कोरोनाको असरका सिपिङ मूल्य पाँच गुणाभन्दा बढीले बढेको छ। जसका कारण पनि ल्यापटपको भाउ बढेको उनको जिकिर छ। कोरोना महामारी अघि ल्यापटप सिपिङको मूल्य प्रतिकेजी दुईदेखि साढे दुई अमेरिकी डलर पर्नेमा त्यसपछि बढेर १० देखि ११ डलर पुगेको पोद्दारले जानकारी दिए। नेपाली बजारमा पाइने अधिकांश ब्राण्डका ल्यापटप हवाईमार्गबाटै ल्याइने गरिएको छ।

हवाई क्षेत्र पनि कोरोनाका कारण अस्तव्यस्त हुनुका साथै उडान संख्या न्यून बन्दा ल्यापटपको माग अनुसारको आपूर्ति हुन नसकेकाले मूल्य बढेको पोद्दारको भनाइ छ। जसले ल्यापटप होल्ड गरेर बसेका थिए, नयाँ ल्यापटपहरु बजारमा आउन नसक्दा व्यापारीहरुले मूल्य बढाएर बिक्री गरेको जानकारी दिए।

डेक्स्टको कम्प्युटरको माग ल्यापटपको जस्तो नभएकाले मूल्य अस्वभाविक रुपमा नबढेको उनले बताए। डेक्स्टप कम्प्युटरको स्टक पर्याप्त रहेकाले पनि मूल्य नबढेको देखिन्छ। डेक्स्टप कम्प्युटर स्थलमार्ग हुँदै नेपाल ल्याइने भएकाले गाडीबाट गरिने सिपिङ मूल्य पनि धेरै नबढेकाले ल्यापटप जस्तो भाउ नबढेको पोद्दारले बताए।

२४ गुणा बढी आयात

लकडाउन र निषेधाज्ञा खुकुलो भएपनि शैक्षिक, व्यवसायिक, सार्वजनिक समारोह इत्यादि क्रियाकलापहरु भर्चुअल्ली नै आयोजना भइरहेका छन्। भर्चुअल गतिविधिका लागि ल्यापटप अनिवार्य आवश्यकता बन्न पुग्यो। जसका कारण ल्यापटपको माग बढेर आयात पनि ह्वात्तै उकालो लागेको देखिन्छ।

पोहोरको तुलनामा चालु आवको सात महिनामा ल्यापटप आयातको संख्या २४ गुणाले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ। चालु आवको सात महिनामा साढे ३९ अर्ब रुपैयाँबराबरका ७२ हजार पाँच सय ६८ थान ल्यापटप आयात भएको विभागले जनाएको छ।

अघिल्लो आव २०७६/०७७ मा एक अर्ब ६४ करोड रुपैयाँबराबरको जम्मा तीन हजार थान मात्रै ल्यापटप भित्रिएको विभागको तथ्यांक छ। तर, अझै पनि ल्यापटपको माग र आपूर्तिबीच सन्तुलन कायम नभएकाले मूल्य बढेको व्यापारीहरुको भनाइ छ। ‘ल्यापटपको माग उच्च भएपनि आपूर्ति भने सहज रुपमा हुन सकेको छैन,’ पोद्दारले भने।

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:५८

अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् । वासिङटन...

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट, कतारको अमिरको भ्रमणको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट,...

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:२१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी...

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा खानीमा साउदीको लगानी

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा...

वि.सं.२०८१ वैशाख ८ शनिवार १५:२७

    आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम...

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...