मुख्य खबर

ईसीडि शिक्षकलाई प्रावि शिक्षक सरहको तलब दिने यस्तो छ सरकारको तयारी

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र ४ गते, बुधबार १८:४७ मा प्रकाशित

काठमाडौं । सरकारले प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडीं शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिने बारेमा छलफल गरी रहेको बताइएको छ । र आगामी आर्थिक वर्ष बाट उक्त ब्यबस्था मिलाइने जानकारी सरकारी अधिकारीले दिएका छन्।

ईसिडी शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन छलफल गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयबाट अहिले बनाईरहेको रणनीति, मापदण्ड र निर्देशिका आदि कार्यहरुमा अर्थ मन्त्रालयको सहमति जनाउनका लागि मन्त्रालयले ल्याउने हरेक डकुमेन्टमा तलबको हकमा कम्तिमा आधारभूत तहको प्रावि शिक्षक सरह बनाउन मन्त्रालय लागि परेको स्रोतले जनाएको छ । ।

मन्त्रालय स्रोतका अनुसार ईसीडि शिक्षकलाई प्रावि शिक्षक सरहको तलब प्रदान गर्न कक्षा १२ पास गरेको शैक्षिक योग्यता हुनुपर्ने छ । तर ईसीडि शिक्षकका रुपमा हाल कार्यरत शिक्षकहरुलाई भने यो लागु नहुने पनि मन्त्रालय स्रोतले जनाएको छ ।