nic bank
himalayan everesat
Nmb bank

पाथिभारा माताको दर्शनसँगै चैत्र ८ गतेको राशिफल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिन राम्रो रहनेछ, भाग्यले साथ दिनेछ । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ, मित्र सुख, शत्रुबाधाबाट मुक्ति हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । कसै कसैलाई यात्रा वा भ्रमणको स्थिति बन्ने योग पनि छ, प्रेमीहरुको लागि दिन राम्रो छ । विद्यार्थीहरुको लागि दिन शुभ रहनेछ ।

वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशी हुनेहरुलाई समय प्रतिकुल रहन सक्छ, मानसिक तनाव बढने, कार्यहरुमा बाधा आउन थाल्ने, मान सम्मानमा कमी, धनको नोक्सानी, आँखा, दाँत अथवा अनुहारमा समस्या देखिने वा खानपानको गडबडीले बिरामी हुने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्न सक्छ । विद्यार्थीहरुलाई पढाइमा मन नलाग्न सक्छ । एकचोटि चिना देखाउनु होला ।

मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिन राम्रो छ । भाग्यले साथ दिने, पारिवारिक तथा घरायसी सुख प्राप्ति, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, मानसिक अशान्ति र छटपटिमा कमी आउने । रोग व्याधिबााट विस्तारै छुटकारा पाइने । सकारात्मक विचार र उत्साहले मनोबल बढने । मिष्ठान भोजन प्राप्ति, अविवाहितहरुको हकमा विवाहको चल्ने, दाम्पत्यजीवन सुमधुर रहने, शारिरिक सुखमा ध्यान जाने, व्यापार व्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने, सरकारी झमेलाको झंझटबाट राहत मिल्ने , घरबाट टाढा बाहिर जानुपर्ने अवस्था पनि आउन सक्छ । गरेका कार्यहरु वा चिताएको कुराहरु यदि ढिलो भइरहेको छ भने शनी ग्रह जनित दोष निवारणको लागि योग्य ज्योतिषीलाई एकपटक चिना देखाउनु होला ।

कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशीहरुको लागि समय प्रतिकूल हुन सकछ । आत्मविश्वासमा कमी । आलस्य बढने । खर्चमा वृद्धि । शत्रुले दुःख दिने, शोक पर्ने, कानूनी झमेला लाग्न सक्ने, संक्रामक रोगको चपेटामा परिने, शारिरिक कष्ट, आँखामा समस्या, धनको नोक्सानी, मान सम्मानमा कमी, सन्तान पक्षबाट तनाव, कसै कसैलाई मानसिक चिन्ता र अवसाद को स्थिति पनि आउन सक्छ । धन, सत्ता र शक्ति सम्पन्न हुनेहरुले घमन्ड तुजुक देखाउने छन, कुरा काटने अथवा अर्काको रिस गर्न मन लाग्नेछ । विद्यार्थिवर्गकोलागि वैदेशिक कलेजमा एप्लाइ गर्ने कुरामा र प्राविधिक विषयको पढाइको लागि दिन शुभ छ । प्रतियोगिता परीक्षा लागि पनि समय राम्रो रहनेछ । व्यापार व्यवसायमा वैदेशिक सहभागिताको लागि दिन राम्रो छ ।

सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशीवालाहरुलाइ दिन शुभ रहनेछ । आयमा वृद्धि । व्यापारमा पर्याप्त लाभ, कर्म क्षेत्रमा जस पाइने, मानसम्मान, किर्ति यश प्राप्त हुने, चिताएको फल पाउने बलियो सम्भावना छ । सरकारी काममा हुनेहरुलाई चिताएको सफलता मिल्ने, सन्तानको तर्फबाट खुशी अथवा शुभ समाचार प्राप्त हुन सक्छ । धन लाभ, मित्र भेट अथवा मित्र सहयोग पाइने, उत्तम खानपान, दिनभर खुशी र रमाइलोमा समय बित्नेछ । महिलासँग को साथले मनलाइ प्रफुल्लित पार्नेछ । विद्यार्थीहरुलाई समय राम्रो रहनेछ । प्रेम सम्बन्धमा संलग्न हुनेहरुको लागि आजको दिन शुभ रहनेछ ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशीवालाहरुलाइ समय राम्रो छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, कार्य स्थलमा सफलता मिल्नेछ, उत्तम स्वास्थ्य, सरकारी सेवामा हुनेहरुलाइ मान सम्मान, बढुवा को सम्भावना । हाकिमहरु रिझिने अवस्था । पारिवारिक तथा घरायसी सुख मिल्ने दिन छ । सार्वजनिक, राजनैतिक तथा सांगठनिक क्षेत्रमा हुनेहरुलाइ नेतृत्व लिने अवसर पनि प्राप्त हुन सक्दछ । समग्रमा दिन शुभ रहनेछ ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय प्रतिकूल रहने छ । भाग्यले साथ अलि नपुगेको जस्तो अनुभव हुने, झंझट र बाधाहरु तेर्सिन सकने, कानूनी समस्या जस्ता जटिलता उत्पनन हुन सकने, सन्तान सँग मतभेद हुने अथवा सन्तानको स्वास्थय बिग्रने, स्वास्थ्य समस्या बिशेषतः छाती, पेटमा समस्या आउन सक्ने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदि हुने योग बनेकोले सावधान रहनु पर्नेछ । बन्न आँटेको काम विग्रने सम्भावना भएकोले सावधान रहनु होला । दाम्पत्य जीवन भने सुमधुर रहने छ । प्रेम सम्बन्धको लागि दिन ठीक छ । व्यवसायमा धेरै लाभको अपेक्षा नग । लगानीको लागि आज दिन राम्रो छैन ।

वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशीलाई सावधानी अपनाउनु पर्ने दिन छ । भय, कष्ट, रोग को समय चलेको छ ।जे पनि कु टाइममा गर्नुपर्ने हुन सकछ, खानपानमा समस्या आउनु, अपच हुनु, छाती, कुम आदिमा समस्या आउनु, चिन्ता कलह, धनहानी, अचानक नसोचेको घटना घटने आदि जस्ता अनिष्ट फल देखा पर्न सक्छ ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशीहुनेहरुको लागि दिन राम्रो छ । दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको योग, स्वागत सत्कारमा सरीक भइने, उत्तम भोजन, धनलाभ, रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । विद्यार्थी वर्गहरुलाइ परिक्षा प्रतियोगीतामा राम्रो हुने । व्यापार व्यवसायमा लाभ । नयाँ कार्यमा लगानीको लागि समय राम्रो छ । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास र मनोरन्जनमा समय बित्नेछ । शत्रुहरु लुक्ने छन। सन्तान पक्षको विशेष ख्याल गर्नुपर्नेछ । आज कुनै गलत कार्य भने नगर्नुहोला।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशीवालाहरुको लागि दिन राम्रो रहनेछ । सुखद शुरुवात हुनेछ, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शत्रू बाधा हटने , मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । महिलाहरु सँगको सम्पर्क बढने । विद्यार्थीहरुलाइ पनि समय राम्रो हुनेछ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । खर्चमा भने अलि नियन्त्रण राख्नुहोला ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशी वालाहरुलाई दिन अनुकुल छैन । यात्रामा कष्ट तथा दुर्घटना को संभावना, कार्यक्षेत्रमा असफलता, मन अशान्त हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, पेट सम्बन्धि रोगले सताउने, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने, कसै कसैलाई कामुकतामा वृद्धि भइ मनले विवेक गुमाउने, निर्णय क्षमतामा ह्रास आइ निर्णयहरु गलत हुने, विद्यार्थीहरुको पढाइमा समस्या देखिने योग छ । व्यवसायमा गतिरोध भएकोले आज कुनै लगानी नगर्नुहोला, अफिसमा रहँदा विशेष सावधानी अपनाउनु होला ।

मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशी वालाहरुलाई दिन प्रतिकूल रहनेछ । आफन्तहरुसँग वैमनस्यता वा गृह कलह हुन सक्ने, मनमा धेरै कुराहरु कामहरु थाँती रहने तर सम्पन्न हुन नसक्ने अवस्था आउनेछ , स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, घाँटी तथा छातीमा समस्या, कफपीडा, धनहानी, मानसिक सन्ताप पर्ने, समयमै खानपान नहुने, निद्रामा बाधा आउने समस्याले सताउन सक्छ । कुनै पनि नयाँ सामान वा सवारी साधन आदि खरीद नगर्दा राम्रो । व्यवसाय गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ समय अशुभ छ ।

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:४९

  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै...

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

वि.सं.२०८० चैत १३ मंगलवार २०:०४

  काठमाडौं । नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ...

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण...

वि.सं.२०८० चैत १ बिहीवार १७:०४

  ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा...

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा १५० भारतीयलाई कैलाश-मानसरोवर दर्शन

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा...

वि.सं.२०८० फागुन २५ शुक्रवार २०:०६

काठमाडौं । महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल...

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड...

वि.सं.२०८० फागुन २ बुधवार १७:५९

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत,...

नेपालमा जिपलाइनको माहोल सिर्जना गर्ने ‘धुलिखेल जिपलाइन’ ५ वर्ष पूरा

नेपालमा जिपलाइनको माहोल सिर्जना गर्ने ‘धुलिखेल जिपलाइन’...

वि.सं.२०८० फागुन २ बुधवार १२:४१

  धुलिखेल जिपलाइनले स्थापनाको ५ वर्ष पूरा गरेको छ ।...