मुख्य खबर

सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन,अहिलेसम्म कतिले भरे ? कति भर्नु राम्रो ?

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र १० गते, मंगलवार ०८:३१ मा प्रकाशित

काठमाडौं ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ भर्ने म्याद थपिएको छ । मेरो सेयरमा सिंगटी हाइड्रो इनर्जी लि. को प्राथमिक निश्कासनमा आवेदकको चापका कारण समय समयमा समस्या देखिएको थियो । आइतबार बिक्री गरेका सेयरहरुको इडीआइएस गर्न समस्या आएको हुँदा सो दिनको कारोबारहरुको इडीआइएस हस्तान्तरण गर्ने समय आज मंगलबार बिहान १०ः०० सम्म थप गरिएको जानकारी दिएको छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले गत शुक्रबारदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयरमा आवेदन दिने अन्तिम दिन हो ।

निष्किाशित कुल २९ लाख कित्ता आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी(आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता अ‍ैसतभन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।

लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष रहेको छ ।

कति कित्ता भर्नु उपयुक्त ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई २६ लाख ९७ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा २ लाख ६९ हजार ७०० जनालाई मात्र सेयर दिन पुग्छ ।

कम्पनीको आइपीओ अहिलेसम्म सवा १२ लाख बढीले आवेदन दिइसकेका छन् भने अझै आवेदन दिने समय आज दिनभर बाँकी छ । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

यो पनि पढ्नुहोस् :

यी हुन् एक करोड भन्दा बढी आईपीओ निष्काशन गर्ने कम्पनीहरु,कस्को कति,कुन कम्पनी कस्तो ?