nic bank
himalayan everesat
Nmb bank

कसरी हाम्रो दैनिक जीवनलाई स्वस्थ्य राख्ने ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।दीर्घराज प्रसाई हामी कसैमा दाँतको रोग छ भने, दाँतको रोगबाट बच्न सँधै खाना खाएपछि बिहान दुइटा न्वाड र बेलुका खाना खाएपछि दुइृटा ल्वाड चपाइरहने हो भने दाँतको रोग कहिले लाग्दैृन । यदि दाँतमा रोग लागेके छ भने पनि एक-दुइृ हप्तामा सबै निको हुन्छ । रिपिल गरिरहनेको लागि र बडगरा दुख्नेहरुको पनि दुख्न छोड्छ र बिस्तारै निको हुन्छ । रुघा–घोखी लाग्ने संकेत हुनसाथ, दुई चम्चा जति जिरा, एक चम्चा जुवानो, थोरै नुन हालेर दुई ल्लास पानी उमाल्ने र उम्लेर डेड ल्लास भएपछि तातो हुँदाहुँदै राम्रो बेसारको ढुटो एकचम्चा सिधा घाँटी लगाएर निल्नु पर्छ । यसले धेरै फाइदा गर्छ ।

अरुबेला सामान्य खोकी, रुघा लागेमा बेसारको ढुटो एक सानो चम्ची मन तातो पानीसँग खाएपछि त्यसले नियन्त्रण भइहाल्छ । बेसार ठूलो यन्टिवायोटिक हो । अनि बर्खा भए पातलो कपडा र जाडो भएमा मफ्लरले घाटी टाउको बाँधेर सुत्ने । रुघा–खोकी अलि बढी लागेको छ भने पानी उमालेर त्यसको वाफ लिने र त्यसपछि माथि भनेको खाएर सुत्ने । विहान उठेर पलेटी मारेर दुईृ हातका चोर औला र बुडी औला बिस्तारै जोडेर घुडामा राख्ने र बिस्तारै नाकले लामो सास तानेर छाती भर्ने, छाती भरिएपछि बिस्तारै नाकैले छोड्ने, यो प्रक्रिया ५ पटकसम्म गर्ने ।

त्यसपछि ओछयानबाट उठेर तल उभिने र अनि तल माथि तल माथि गरेर कुरकुच्चा नछोडी, तलमाथि तलमाथि, सय पटक बरक्क बरक् उफ्रिने जस्तो गर्ने, त्यसपछि केही कुप्रो परेर सय पटक नैं त्यही ठाउँमा उताउती गरेर दौडिने, त्यसपछि दुर्इृ गिलास मनतातो पानी पिएर टुवाटेट जाने । कसैकसैलाई कब्जियतको रोग हुन्छ । कब्जियतबाट बच्न पहिला जेजति दिशा आउछ कनेर गर्ने, त्यसपछि मुख र गिजा बाध्ने, मुख र गिजा बाधेपछि मुखमा पानी भरिन्छ, मुखको पानी निल्दै जाने, फेरि निल्ने, मुखको पानी निल्दै गर्दा गलल दिशा हुन्छ । जतिढिला भएपनि यो प्रोसेसबाट दुइृपटक दिशा गएपछि कब्जियत हुँदैन । तर सँधै यहीक्रम जारी राख्नु पर्छ ।

यो प्राकृतिक चिकित्सक डा.काशीराज उपाध्यायबाट प्रतिपादित कुरा हो । त्यसपछि चिया पकाएर तातो चिया खाने । पानीमा चिया पत्ति हालेपछि सकेसम्म दालचीनी, मरिच, अदुवाको धुलो, दुईचार पुदिनाका मुन्टा, ५।७ वटा तुलसी पत्ता हालेर उमाल्ने । चिया उमाल्दा चीनी, दुध सँसँघै उमाल्नु हुन्न । दुध छुट्टै उमाल्ने अनि ल्लासमा हालेर खाने । चिनी खानेले चिनी हालेर फिटेर खाने । यसरी उम्लिेको चिया खाएपछि बाँकी चियालाई नफाली त्यसलाई छोपेर राख्ने र कुनबेला फेरि खाने केही चिया थपेर फेरि दिनमा वा साझमा पनि उमालेर पिउने र पछि फाल्ने ।

यसको माने हो–जसरी होस् चीसोबाट बाँच्नु पर्छ । बुढा–पाकाहरुको शरिरले भिटामिन ‘डी’ खोज्छ । यसको लागि विहान घाम लागेपछि अरु शरिरका लुगा र गन्जी खोल्ने र घुडासम्म लुगा सारेर घामतिर फर्केर १० । १५ मिनेट र घाम पछाडि पारेर १०।१५ मिनेटसम्म १०।१५ मिनेटसम्म २० मिनेट वा आधा घण्टासम्म घाम ताप्ने । यो भिटामिन ‘डी’ को लागि रामबाँण हो । हिड्नु उक्तम् व्यायम हो । यसरी हिड्दा प्रदूषरहित ठाउँ खोजेर कम्तीमा आधा घण्टा छिटोछिटो हिड्ने बानी गर्नुपर्छ । बाहिर हिड्ने बातावरण नभएमा घरकै छेउछाउ वा छानामा कम्तीमा २०।२५ मिनेट विहान छिटो छिटो वम्केर हिड्नु पर्छ ।

बिहान उठेर प्राणयामकै बेला ओछयानमा नैं दुइृटा हात सास तान्दै तान्दै सँघै बिस्तारै आकासमा लाने र एकछिन रोकेर सास फेर्दै फेर्दै बिस्तारै तल भार्ने, यो ५ पटक गर्ने । यस्लेले शरीरमा अक्सिजन पर्याप्त हुन्छ । यो क्रम घाम तापेको समयमा घामतिर फर्केकाबेला फेरि ५ पटक गरेमा अरु राम्रो हुन्छ । ६० बर्ष लाघेकाहरुलाई भिटाभीन ‘सी’ को कमी हुनुहुन्न। त्यसको लागि खानासँग काक्रो, मूला, गाँजर, सकेमा चुकन्दरका चानो खाने । हरियो खुर्सानीमा धेरै प्रतिशद भीटामीन ‘सी’ हुन्छ । हरियो खुर्सानी खानसँगै पूरा वा आधा खाने । त्यस्तै मूला खाएमा पाएल्सलाई पनि फाइदा गर्छ । यदि हामीहरु मध्ये कसैलाई यूरिक एसिड छ भने बिहान घोडथाप्रे चपाउने । धेरै भेटिए जरा पात समेत चपाएर निल्ने । अहिले चैत्र १५ गतेदेखि अशोज भरी घोडथाप्रे पाइन्छ । आफ्रनो बारी, काल्ला वा कुलाको किनारामा पाइन्छ । उखलेर ल्याउने र ३।४ गमलामा रोप्ने ।

केहीदिनपछि त्यही गमलाबाट झिकेर पखालेर खाए ुहन्छ । पहिलो साल बाहिरबाट खोजेर ल्याउने र बिहान बिहानै अर्थात खानाखानुभन्दा पहिला खाने बानी बसाल्नु पर्छ । नियमित खायो भने यूरिक एडिस निको हुन्छ । घोडथाप्रे धेरै भेटिएमा उखालेर ल्याउने र फ्रिजमा राखेर पखालेर खाने । धेरै भए पखालेर ग्यान्डरमा हालेर झोल बनाउने र सिसामा भरेर फ्रिजमा राख्ने र बिहान ३ चम्चा झोल भिकेर आधा ग्लास तातोपानी मिसाएर खाने । घोडथाप्रे जस्तो रामबाँण यूरिक एसिडको लागि केही छैन ।

यी सबै कुरा लगायत कुनै प्रकारको रोग सुगर, प्रेसर, थाइराइड (थाइराइड हुनेहरुले बिहान छानामा घुम्न गएको समयमा ५।७ पटक लामो ॐ भन्ने गरेमा घाँटीलाई फाइदा हुनछ र थाइराइडलाई पनि सञ्च हुनसक्छ) वा अन्य रोग लागेर डाक्टरले दिएको दबाइलाई डाक्टरले भनेअनुसार्र नियमित रुपमा खाइरहनु पर्छ ।

यो पनि पढ्नुहोस् :

मेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’ बाटै सोझै तिर्न सकिने,कति लाग्छ शुल्क ?

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेभसाइटलाई प्रतिबन्द

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५०...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:३६

  तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री...

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

वि.सं.२०८० चैत २८ बुधवार १६:३०

  हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको...

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर सम्मेलन गर्दै

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर...

वि.सं.२०८० चैत २६ सोमवार १४:३३

  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष...

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

वि.सं.२०८० चैत २५ आइतवार ०८:५५

  काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक...

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता...

वि.सं.२०८० चैत ९ शुक्रवार १६:११

  काठमाडौं । सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन...

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

वि.सं.२०८० चैत ५ सोमवार ०९:३७

  काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा...