मुख्य खबर

सिंगटी हाइड्रोको आईपीओ पर्‍यो ? कतै परि पो हाल्यो कि यसरी हेर्नुहोस् त

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र २७ गते, शुक्रबार १८:४२ मा प्रकाशित

काठमाडौं ।  सिगटी हाइड्रोपावरको आईपीओ आज शुक्रवार बाँडफाँट भएको छ । आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनी शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले वितरण गरेको हो ।

त्यस अनुसार योग्य आवेदकबाट १२ लाख ९० हजार १०२ जनाकाे हाल खाली भएका छन् ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरूका लागि बिक्री खुला गरेको थियो ।

सर्वसाधारणले मेराे शेयर, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन्।