मुख्य खबर

निफ्राको लगानी रहेको इमर्जिङ नेपालले आइपीओ निष्काशन गर्दै,कति दमदार छ कम्पनी ?

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र २८ गते, शनिबार १०:०४ मा प्रकाशित

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर विक्री गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

इमर्जिङ नेपाल विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी हो । यसले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा समेत प्रमोटर सेयर होल्डरको रुपमा लगानी गरेको छ । निफ्रामा इमर्जिङको २५ करोड रुपैयाँ लगानी छ ।