मुख्य खबर

एक अर्ब ५ करोड मुल्यको १० लाखले सोझै १० कित्ता सेयर पाउने आइपीओ आउँदै,यस्तो छ कम्पनीको प्रोफाइल

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र २९ गते, आईतवार ०९:२७ मा प्रकाशित

 


काठमाडौं । साहास ऊर्जा कम्पनी प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति माग्दै मंसिरमै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीलाई आइपीओ निष्काशनका गर्न अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको धितोपत्र बोर्डले जनाएको छ । आइपीओ जारी गर्न कम्पनीले यसअघि नै एनआइबीएल एस क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धमा नियुक्त गरिसकेको छ ।

साहास ऊर्जाले संङखुवासभा ८६ मेगावट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ।

प्रति मेगावाट लागत भएको कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीं’ रेटिङ दिएको छ । जसले कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न क्षमता औसतभन्दा राम्रो अर्थात समयमै वहन गर्न सक्छ भन्ने जनाउँछ ।

बोर्डबाट अनुमति पाउने बित्तिकै आइपीओ निष्काशन प्रक्रया अघि बढाउने कम्पनीले जनाएको छ । १ करोड बढी कित्ता आइपीओ जारी गर्ने भएकाले हालको व्यवस्था अनुसार बाँडफाँट गर्दा करिब १० लाख आवेदकले १० कित्ताका दरले सेयर पाउने देखिन्छ ।