मुख्य खबर

६० लाख कित्ता आईपिओ ल्याउने तयारी गरेको सानिमा लाइफले पायो यस्तो लोभलाग्दो रेटिङ,कहिले आउँछ आईपिओ ?

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र २९ गते, आईतवार १८:१६ मा प्रकाशित

काठमाडौं । केही महिना भित्रै निकट ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी गरिरहेको सानीमा लाइफ इन्स्योरेन्सले रेटिङ सम्पन्न गराएको छ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ ल्याउने भएको हो ।

कम्पनीले आइपीओ जारी गर्न यसअघि नै साधरण सभाबाट प्रस्ताव पारित गरिसकेको छ । यद्यपि, अहिलेसम्म कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छैन ।

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यो पनि पढ्नुहोस् :

भिनाजु अध्यक्ष र सालो सीईओ हुने गरि नेपालकै सबैभन्दा ठुलो बैंकमा मामाका छोरा सहायक सीईओ हुने लाग्यो टुंगो