nic bank
himalayan everesat
Nmb bank

ज्योति लाईफ पछि सबैभन्दा धेरै आबेदन परेको रूरू जलविद्युतको कहिले हुँदैछ आईपिओ बाँडफाँट ? यस्तो छ तयारी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।  रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ) यसै साता भित्र बाँडफाँड हुने भएको छ ।

विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अहिले कम्पनीको आइपीओमा परेको आवेदन रुजु भइरहेको छ । आवेदनको रुजु सकिएपछि प्रि-अलोटमेन्ट गरी सम्भवतः शनिबारसम्म आइपीओ बाँडफाँट गर्ने गरी तयारी भइरहेको क्यापिटलले जनाएको छ ।

कम्पनीले चैत २० गतेदेख अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा १६ लाख ६९ हजार १९ जनाले २ करोड ३३ लाख ९० हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । रुरुको आइपीओमा परेको यो आवेदन हालसम्मकै दोस्रो धेरै हो । यसअघि ज्योति लाइफमा १८ लाख बढीले आवेदन दिएका थिए ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ६२ गुणा बढी आवेदन परेको छ ।

यो पनि पढ्नुहोस् :

६० लाख कित्ता आईपिओ ल्याउने तयारी गरेको सानिमा लाइफले पायो यस्तो लोभलाग्दो रेटिङ,कहिले आउँछ आईपिओ ?

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...