मुख्य खबर

एनआइसी एशिया बैंकले दिन्छ सबैभन्दा सस्तो ब्याजदरमा सेयर धितो कर्जा,कुन बैंकले कति ब्याजदरमा कर्जा दिन्छन् ?

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र ३० गते, सोमबार १६:५५ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय सेयर बजारमा बैंक तथा वित्त कम्पनीहरुको कर्जा लिएर नै लगानी गर्ने क्रम बढेको छ । गत असार यता फागुन मसान्तसम्म नै सेयर धितो कर्जा करिब ५० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीबाट कुल ५७ अर्ब ६० करोड १० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह भएको थियो ।

जुन चालु आवको फागुन मसान्तमा आइपुग्दा ४५.४३ प्रतिशत अर्थात् २६ अर्ब १७ करोड १० लाख रुपैयाँले थप भई ८३ अर्ब ७७ करोड २० लाख रुपैयाँ पुगेको छ । सो अवधिमा प्रवाहित कुल सेयर धितो कर्जामा ७० अर्ब ४१ करोड रुपैयाँ वाणिज्य बैंकहरुले, ६ अर्ब ४४ करोड ६० लाख रुपैयाँ विकास बैंकहरुले र ६ अर्ब ९१ करोड ४० लाख रुपैयाँ वित्त कम्पनीले प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । कोरोना भाइसरको संक्रमणका कारण अन्य क्षेत्रमा लगानीको वातावरण राम्रो नहुन्दा बैंकबाट कर्जा लिएरै सेयर बजारमा लगानी गर्न लगानीकर्ता अहिले तत्पर छन् । बैंक तथा वित्त कम्पनीबाट कर्जा लिएर राम्रो कम्पनीको सेयरमा लगानी गर्दा राम्रो रिर्टन पाइन्छ । जसको फाइदा अहिले प्रायः लगानीकर्ताले लिएका छन् ।

तर कुन बैंकले कति प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिन्छन् थाहा नहुँदा धेरै लगानीकर्ता महँगो ब्याजदरमा कर्जा लिन बाध्य छन् । बैंक तथा वित्त कम्पनीबाट जुनसुकै शिर्षकमा कर्जा लिनुभन्दा अघि सो बैंकको बेसरेट र कर्जा लिनुपर्न प्रोडक्टमा कति समयका लागि कति ब्याजदर निर्धारण थाहा पाउन अति आवश्यक हुन्छ । हामीले सेयर धितोमा कर्जा दिने बैंक तथा वित्त कम्पनीले कति ब्याजदरमा सेयर धितोका कर्जा दिन्छन् ? सोको जानकारी विस्तृतमा दिने प्रयास गरेका छौं । प्रायः सबैलाई वाणिज्य बैंकले निर्धारण गरेको ब्याजदर विकास बैंक र वित्त कम्पनीहरुको भन्दा थोरै हुन्छ ।

तर, केही विकास बैंक र वित्त कम्पनीहरुले निर्धारण गरेको सेयर धितो कर्जाको ब्याजदर वाणिज्य बैंकहरुको भन्दा कम छ । हाल २७ वाणिज्य बैंक, १९ विकास बैंक र २२ वित्त कम्पनीहरु सञ्चालनमा छन् । यी सबैले सेयर धितोमा कर्जा दिन पाउँने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, यसमा मध्ये २५ वटा बैंक तथा वित्त कम्पनीले सेयर धितो कर्जाका प्रोडक्ट सञ्चालन गरेको पाइएको छ । यी बैंक तथा वित्त कम्पनीले मासिक न्यूनतम ६.६५ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गरेका हुन् । जसमध्ये सबैभन्दा सस्तो ब्याजदरमा सेयर धितो कर्जा एनआइसी एशिया बैंक र सबैभन्दा महंगो ब्याजरमा बेष्ट फाइनान्सले कर्जा प्रवाह गरिरहेको छ ।बैंकहरुले सेयर धितो कर्जाका परिमाण र समयअनुसार विभिन्न प्रोडक्ट बनाइ भिन्नभिन्न ब्याजदर निर्धारण गरेका छन ।

बैंक तथा वित्त कम्पनीले आफ्नो वेव साइटमा राखेका ब्याजदरको विवरण अनुसार सबैभन्दा सस्तो ६.६७ प्रतिशत ब्याजदरमा एनआइसी एशिया बैंकले र सबैभन्दा महंगो १०.९८ प्रतिशत ब्याजदरमा बेष्ट फाइनान्सले सेयर धितोमा कर्जा प्रवाह गरिरहेका छन् । यसैगरी, ग्लोबल

आइएमई बैंकले ७.७६ प्रतिशत,

सानिमा बैंकले ६.८३ प्रतिशत,

हिमालयन बैंकले ६.८३ प्रतिशत ,

नेपाल इन्भेष्टमेण्ट बैंकले ७ प्रतिशत ,

यस्तै, एक्सल डेभलपमेन्ट बैंकले ७.०३ प्रतिशत,

राष्ट्रिय वाणिज्य बैंकले ७.११ प्रतिशत,

प्रभु बैंकले ७.२४ प्रतिशत,

सनराइज बैंकले ७.२९ प्रतिशत ,

मेगा बैंकले ७.३५ प्रतिशत,

सेयर धितो कर्जाको सिद्धार्थ बैंक ७.३८ प्रतिशत,

एनएमबी बैंकले ७.४० प्रतिशत,

नेपाल एसबीआइ बैंकले ७.४९ प्रतिशत,

माछापुच्छ्रे बैंकले ७.५६ प्रतिशत ,

 कृषि विकास बैंकले ७.६७ प्रतिशत ,

यस्तै, बैंक अफ काठमाण्डूले ७.६७ प्रतिशत,

प्राइम बैंकले ७.८५ प्रतिशत,

सेञ्चुरी बैंकले ७.९१ प्रतिशत,

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ७.९१ प्रतिशत ,

एनसीसी बैंकले ७.९४ प्रतिशत ,

नेपाल बैंकले ८.२४ प्रतिशत,

सिर्जना फाइनान्सले ८.२९ प्रतिशत,

मञ्जुश्री फाइनान्सले ८.३२ प्रतिशत,

गरिमा विकास बैंकले ८.३८ प्रतिशत ,

मुक्तिनाथ विकास बैंकले ८.३८ प्रतिशत ,

महालक्ष्मी विकास बैंकले ८.४२ प्रतिशत,

सिभिल बैंकले ८.४५ प्रतिशत,

आइसीएफसी फाइनान्सले ८.४७ प्रतिशत,

सिटिजन्स बैंकले ८.५० प्रतिशत,

नेपाल बैंकले ८.७६ प्रतिशत ,

ज्योति विकास बैंकले ८.८२ प्रतिशत ,

सांग्रिला डेभलपमेन्ट बैंकले ८.८३ प्रतिशत,

लुम्बिनी विकास बैंकले ८.९२ प्रतिशत,

कामना सेवा विकास बैंकले ९.०६ प्रतिशत,

एभरेष्ट बैंकले ९.०९ प्रतिशत ,

सिन्धु विकास बैंकले ९.१९ प्रतिशत ,

प्रोगेसिप फाइनान्सले ९.२९ प्रतिशत,

गुडवील फाइनान्सले ९.६० प्रतिशत,

युनाइटेड फाइनान्सले १०.०६ प्रतिशत,

रिलाइन्स फाइनान्सले १०.२४ प्रतिशत,

ग्रिन डेभलपमेन्ट बैंकले १०.७२ प्रतिशत ,

बेष्ट फाइनान्सले १०.९८ प्रतिशत न्यूनतम ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गरिरहेका छन् ।

 

यो पनि पढ्नुहोस् :

५ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर तल्काल निष्कासन हुँदै, यसो गरे आइपीओ भर्न र इडिआइएस गर्न मेरो सेयर सर्लक्कै खुल्छ