मुख्य खबर

नेप्सेमा सेयर कारोबार अस्वभाविक देखिएपछि छानबिनमा परेको अजोड इन्स्योरेन्सको हकप्रद सेयरको विशेष प्रस्ताव भयो रोक्का

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र ३१ गते, मंगलवार ११:०९ मा प्रकाशित

 

 

काठमाडौं ।  साधारणसभाको मिति टुंगो गर्दै हकप्रद सेयरका लागि विशेष प्रस्ताव लैजान अजोड इन्स्योरेन्सले गरेको तयारी हाललाई रोक्का भएको छ।
बैशाख ७ गते वार्षिक साधारणसभा गर्ने टुंगो गरे पनि अब संस्थाले हकप्रद सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव भने सभामा नलैजाने भएको छ। संस्थाले साधारणसभाको मिति घोषणासँगै हकप्रद सेयरको प्रस्ताव लैजाने सूचना सार्वजनिक गर्नु अघि नै नेप्सेमा सेयर कारोबार अस्वभाविक देखिएपछि ‘इन्साइडर ट्रेडिङ’ को शंकामा छानबिन भइरहेको छ।

कम्पनीको यसअघि हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने र सोही आधारमा कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव थियो। कम्पनीले गरेको विशेष प्रस्तावलाई बीमा समितिले स्थगन गर्न निर्देशन दिएको थियो। सोही बमोजिम इन्स्योरेन्सले विशेष प्रस्ताव हाललाई स्थगन गरेको जनाएको छ।

हकप्रदको प्रस्ताव नै रोक्का भएपछि सेयरधनीको ध्यानाकर्षण भएको मुख्य एजेन्डामै असर परेको छ। साधारणसभामा संस्थाको प्रबन्धपत्र संसोधन गर्न विशेष प्रस्तावसहित सर्वसाधारण सेयरधनीका तर्फबाट दुई जनालाइ सञ्चालक समितिमा निर्वाचित गर्ने जनाएको छ।

साधारण सभा प्रयोजनका लागि चैत २४ गते देखि बैशाख ७ गतेसम्म बुक क्लोज गरेको छ।

यो पनि पढ्नुहोस् :

सेयरबाट मालामाल बन्दै कहिल्यै घाटा नखाएका मारवाडीले दिए सेयरबाट उकालो लाग्ने यस्ता आधादर्जन बढी टिप्स