मुख्य खबर

वीरगंज साईकलिङ्ग क्लबद्वारा पर्सेली सञ्चारकर्मीहरुलाई स्वास्थ्य समाग्रि हस्तनान्तरण

  • आर्थिक प्लस संवाददाता

    २०७८ बैशाख १२ गते, आईतवार २२:४७ मा प्रकाशित


पर्सा । नेपाल पत्रकार महासंघ पर्सा शाखालाई वीरगंज साईकलिङ्ग क्लबले माक्स तथा सेनिटाईजर सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा वीरगंज साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवालले स्वास्थ्य सुरक्षाका लागी स्वास्थ्य समाग्रिहरु सहयोग गरेका हुन् । दोस्रो चरणको कोरोना महामारीमा संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य सचेतना तथा समाचार संकलनमा सहयोग पुग्ने उदेश्यले पर्सेली सञ्चारकर्मीहरुका लागी तीन हजार पिस माक्स तथा ५० पिस सेनिटाईजर सहयोग गरेका हुन् ।

महासंघ सभाहलमा साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवाल र सचिव अनुप अग्रवालले नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का र सचिव भुषण यादवलाई उक्त समाग्रिहरु हस्तनान्तरण गरेका हुन् । वीरगंज महानगरमा कोरोना संक्रमण बढ्दै गएको र आवश्यक उपचार तथा परिक्षणको अभाव भएको बेला यस सहयोगले सञ्चारकर्मीहरुको सामाचार तथा सुचना संकलनमा सहयोग पुग्ने महासंघका अध्यक्ष अनुप तिवारीले बताएका थिए ।