मुख्य खबर

ग्लोबल आईएमई बैंककले कमायो साढे ३ अर्ब भन्दा धेरै नाफा, सेयरधनीलाईपनि दिन मिल्ने साढे २ अर्ब नाघ्यो

  • आर्थिक प्लस संवाददाता

    २०७८ बैशाख १६ गते, बिहीबार १२:०५ मा प्रकाशित

काठमाडौं ।  ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनामा नै साढे ३ अर्बमाथि खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणानुसार ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२।४० प्रतिशतले मुनाफा बढेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ७० करोड २६ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

कर्जा र निक्षेप उल्लेख्य रुपमा बढाउँदा बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी बढेको छ भने अन्य सञ्चालन आम्दानी पनि उल्लेख्य रुपमा बढाएको छ । सेयर बजार बुल हुँदा सेयर कारोबारबाट भएको पुँजीगत लाभ र गत असार मसान्तमा गरेको प्रोभिजनबाट भएको राइट ब्याकले बैंकको खुद मुनाफा उल्लेख्य रुपमा बढेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ अर्ब ३३ लाख ५२ हजार खुद ब्याज आम्दानी रहेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ८७ करोड २ लाख १२ हजार पुगेको छ । यस्तै, ट्रेजरी बिल तथा सेयर कारोबारको पुँजीगत लाभबाट हुने अन्य सञ्चालन आम्दानी साढे १२ करोडबाट बढेर करिब ४० करोड पुगेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६७ करोड १९ लाख ४ हजार प्रोभिजन गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले गत असार मसान्तमा गरेको प्रोभिजनबाट राइट ब्याक गर्दै ३२ करोड ५८ लाख २७ हजार राइट ब्याक गरेको छ । जसले गर्दा बैंकको सञ्चालन मुनाफा पनि बढेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७९ करोड ५२ लाख ३५ हजार रहेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा बढेर ५ अर्ब ३ करोड ८२ लाख ८५ हजार पुगेको छ ।

बैंक निक्षेप संकलनसँगै कर्जा कर्जा विस्तार पनि एग्रेसिभ देखिन्छ । गत असार मसान्तमा २ खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार निक्षेप संकलन गरेर १ खर्ब ९० अर्ब ३३ करोड ६८ लाख ५३ हजार कर्जा लगानी गरेको बैंकको समीक्षा अवधिमा निक्षेप बढेर २ खर्ब ४४ अर्ब ३० करोड ३ लाख १२ हजार हुँदा कर्जा लगानी २ खर्ब २२ अर्ब ९० करोड ५६ लाख ४ हजार पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रहेको छ । यस्तै, सञ्चित कोषमा २ अर्ब ६५ करोड २५ लाख ७३ हजार र जगेडा कोषमा ७ अर्ब ९८ करोड ८८ लाख ५८ हजार रहेको छ ।

तेस्रो त्रैमासमा बैंकको वितरण गर्ने मिल्ने नाफा २ अर्ब ५६ करोड ४५ लाख ८१ हजार रहेको छ ।

चैत मसान्तमा १३।२२ प्रतिशत पुँजीकोष अनुपात रहेको बैंकको निस्क्रिय कर्जा बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १।१४ प्रतिशत रहेको बैंकको निस्क्रिय कर्जा बढेर १।६१ प्रतिशत पुगेको छ ।

यस्तै, बैंकको सीसीडी रेसियो ८०।८० प्रतिशत, आधार ब्याजदर ९बेस रेट० ६।१८ प्रतिशत र ब्याजदर अन्तर ९स्प्रेड रेट० ३।२० प्रतिशत रहेको छ । चैत मसान्तमा ३६ रुपैयाँ ६३ पैसा वार्षिक प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात ३७।९१ गुणा रहेको छ ।
ब्ब