मुख्य खबर

अभाव हुने र भोकमरी लाग्ने डरमा धमाधम खाद्यान्न थुपार्दै उपभोक्ता, कति महिनालाई पुग्ने स्टक छ ?

  • आर्थिक प्लस संवाददाता

    २०७८ बैशाख २५ गते, शनिबार ०८:३० मा प्रकाशित

काठमाडौं । निषेधाज्ञा थपिँदै गएसँगै सर्वसाधरणहरुले खाद्यान्न लगायत उपभोग्य वस्तुको थप जोहो गर्न थालेका छन् । कोरोना संक्रमण झन् बढ्दै गएकाले निषेधाज्ञा कहिलेसम्म हुन्छ भन्ने टुंगो नभएपछि चामल, दाल, नुन, चिनी, तेललगायतका दैनिक खाद्य वस्तुको स्टक राख्न थालेका हुन् ।

भारत पनि दैनिक संक्रमण उच्च भइरहेकाले आयात नै प्रभावित हुने हो कि भन्ने त्रास हुँदा खाद्यान्नको स्टक राख्न थालेका हुन् । खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु निरन्तर आयात भइरहेको र स्टकसमेत रहेकाले उपभोक्ताले थप खाद्यान्नको जोहो गर्नुपर्ने अवस्था नरहेको सरकारले बताएको छ ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले पछिल्लो समय २९ हजार ४०० मेट्रिकटन चामल स्टकमा रहेको जनाएको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले थप ५ हजार मेट्रिकटन चामल आउने क्रममा रहेको बताएकी छन् ।

चामलमा ३ महिनाका लागि कुनै अभाव नहुने उनको भनाइ छ । ‘हामीसँग २९ हजार मेट्रिकटन चामल छ थप मगाएका छौं, त्यो आउने क्रममा रहेको छ,’ सुवेदीले चाणक्य पोष्टसँग भनिन् ।

खाद्य कम्पनीले गहुँ खरिद क्रममा रहेको जनाएको छ । दाल साल्ट ट्रेडिङसँग सहकार्य गरेर विक्री गरिरहेको उनले बताइन् । घिउ/तेलमा भने खाद्य कम्पनीसँग धेरै स्टक नभएको उनले जानकारी दिइन् । घिउ/तेल ल्याउँदै विक्री भइरहेकाले खासै स्टकका लागि धेरै मात्रामा नरहेको उनको भनाइ छ ।

निषेधाज्ञा भए पनि खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु निर्वाध आयात भइरहेकाले उपभोक्तालाई नआँत्तिन र थप खाद्यान्न स्टक राख्नुपर्ने अवस्था नरहेकाले ढुक्क हुन आग्रह गरिन् । उनले निषेधाज्ञामा सर्वसाधरणको सुविधाका लागि उपत्यका भित्र ४ स्थानबाट खाद्य कम्पनीले चामल, चेल, दाल, गहुँ, घिउ, तेल लगायतका खाद्य वस्तु विक्री गरिरहेको बताइन् ।

८ महिनालाई पुग्ने नुन स्टक

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बजारमा नुन ८ महिना पुग्ने रहेको जनाएको छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बजारमा नुनको कुनै कमी नहुने बताए । उनले देशभर पुग्ने नुन साल्ट ट्रेडिङसँग भएको भन्दै आतिनु नपर्ने बताए ।

‘हामीसँग ८ महिनालाई पुग्ने नुन छ, देशभर पुग्ने नुन भएकाले अभाव कुनै हालतमा हुँदैना घरमा लग्दै थुपार्नुपर्ने अवस्था नै छैन,’ राजभण्डारीले चाण्क्य पोष्टसँग भने । उनले हाल १ लाख ४० हजार मेट्रिकटन नुन स्टकमा रहेको बताए ।

यस्तै, चिनी भने साल्ट ट्रेडिङसँग कम रहेको छ । साल्ट ट्रेडिङले सो चिनी बजारमा अभाव सृजना नहोस भनेर विक्री नगरी राखेको उनले बताए । साल्ट ट्रेडिङसँग ७ सय टनका हाराहारीमा चिनी रहेको उनको भनाइ छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन अधिकारी सागर मिश्रका अनुसार बजारमा दैनिक निषेधाज्ञा अवधिमा समेत ३/४ वटा टोली बनाएर अनुगमन भइरहेको छ । उनले कृत्रिम अभाव सृजना गरी अनावस्यक मूल्य वृद्धि गरेको खण्डमा कारवाही हुने बताए ।

‘हामीले दैनिक ३/४ जना टोली बनाएर अनुगमन गरिरहेका छौं, उपभोक्तालाई मूल्य वृद्धि गरेर विक्री गरेको पाइएमा कडा कारवाही गर्ने छौँ,’ मिश्रले चाणक्य पोष्टसँग भने ।

उपभोक्ता भने मूल्य वृद्धि हुने तथा खाद्य अभाव हुने त्रासमा आवश्यकभन्दा बढी खाद्य वस्तु खरिद गर्दै राख्न थालेका छन् । जस्ले गर्दा बजारमा खाद्य वस्तुको खपत बढि रहेको खाद्य सामग्री विक्रेता सुजन परियार बताउँछन् ।

उनले पसलबाट उपभोक्ताले १० बोरा बढी चामल लगेको दाबी गरे । चामल, दाल, तेल, नुन, चिनी लगायतका सामग्रीको सपत उच्च रहेको उनको भनाइ छ ।

निषेधाज्ञा थपिँदै गएसँगै सर्वसाधरणहरुले खाद्यान्न लगायत उपभोग्य वस्तुको थप जोहो गर्न थालेका छन् । कोरोना संक्रमण झन् बढ्दै गएकाले निषेधाज्ञा कहिलेसम्म हुन्छ भन्ने टुंगो नभएपछि चामल, दाल, नुन, चिनी, तेललगायतका दैनिक खाद्य वस्तुको स्टक राख्न थालेका हुन् ।

चामलमा ३ महिनाका लागि कुनै अभाव नहुने उनको भनाइ छ । ‘हामीसँग २९ हजार मेट्रिकटन चामल छ थप मगाएका छौं, त्यो आउने क्रममा रहेको छ,’ सुवेदीले भनिन् ।

‘हामीले दैनिक ३/४ जना टोली बनाएर अनुगमन गरिरहेका छौं, उपभोक्तालाई मूल्य वृद्धि गरेर विक्री गरेको पाइएमा कडा कारवाही गर्ने छौँ,’ मिश्रले भने ।