nic bank
Nmb bank
Machhapuchchhre Bank

एनएमबी बैंकको २० लाख कित्ता ऋणपत्र विक्रीका लागि खुला, कहाँबाट कसरी दिने आवेदन ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । एनएमबी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २० लाख कित्ता ‘एनएमबी ऋणपत्र ८.५–२०८७/८८’ नामक ऋणपत्र विक्री खुला हो ।

निष्काशिन कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबरको) ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ८ लाख कित्ता (८० करोड रुपैयाँ बराबरको) सर्वसाधारणमा विक्री गर्नेछ ।

जसमा ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

१० वर्षे अवधि ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले ब्याज दिनेछ । बैंकले प्रत्येक ६र६ महिनामा ब्याज भुक्तानी गर्ने छ भने साँवा ऋणपत्र परिपक्व भएपछि भुक्तानी हुने छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा छिटोमा जेठ ५ गते र सो अवधिमा विक्री नभएमा ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। बैंकको ऋणपत्रलाईइक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२६

  काठमाडौं । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल...

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने...

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक...

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

वि.सं.२०८० चैत १६ शुक्रवार १३:१२

  काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती...

याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक

याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १३:०४

काठमाडौं । बजारमा याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक भएको छ...

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न...

वि.सं.२०८० चैत १६ शुक्रवार १०:१४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक...

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार १०:११

  काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक...