मुख्य खबर

काठमाडौंमा निषेधाज्ञा ११ दिन लम्ब्याइ जेठ मसान्तसम्म पुर्याइयो, अब यी काम गर्न नरोकिने

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ १९ गते, बुधबार १७:१५ मा प्रकाशित

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप ११ दिन लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद भोलि राति १२ बजेसम्म लम्ब्याइएको थियो ।निषेधाज्ञाको समयवधि थपिएको यो चौथो पटक हो ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको समायवधि २२ सम्म तोकिएको थियो । पहिलोपटक म्याद थप्दै वैशाख २९ सम्म लम्ब्याइएको थियो भने दोस्रो पटक म्याद थप्दै जेठ १३ सम्म लम्ब्याइएको थियो । त्यस्तै, तेस्रोपटक जेठ २० सम्म लम्ब्याइएको थियो ।

अबको निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो हुने जनाइएको छ । अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिने जनाइएको छ ।

यस्तै, उद्योग संचालन गर्न, विकास निर्माणको काम गर्न, रातिमा निर्माण सामग्री ढुवानी गर्न दिइने दिइने भएको छ । उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइने छ ।