मुख्य खबर

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २१ गते, शुक्रबार २०:०७ मा प्रकाशित


काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दोलखा स्थाइ घर भएका बस्नेतलाई ४ वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको हो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत भैसकेका बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए । बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।

हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका उनी प्रेस युनियन र प्रेस संगठन नेपाल गठबन्धनसँग पराजित भएका बस्नेत कानुन व्यवसायी समेत रहेका थिए ।
बरालको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो ।