मुख्य खबर

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १४ औं वर्षमा प्रवेश

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २२ गते, शनिबार १६:२८ मा प्रकाशित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १४ औं वर्षमा प्रवेश भएको छ । यस प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान भनएको छ ।

प्राइम लाइफले सबल संरचना युक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको एक उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन सफल भएको छ ।

साथै आगामी वर्षहरुमा समेत अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको छ । भविश्यमा अझ बढि उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गरेका छौं ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्राथमिकता दिंदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन ।

यसै सन्दर्भमा यस कम्पनीले २२ जेष्ठ २०७८ मा १४ औं वार्षिकोत्सवको उपलक्ष्यमा सोही मितिदेखि नै लागू हुने गरी पृथक किसिमको बीमा योजना“ प्राइम शुभलाभ बीमा योजना” ल्याएको छ जस्ले ग्राहकहरुको नविनतम आवश्यकतालाई पूरा गर्ने विश्वास कम्पनीले लिएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमा शुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय–समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ ।

हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोन पे, खल्ती, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसी बीमा शुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।

शुरु देखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसी सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराउनु भयो ।

ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ । यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

अन्त्यमा उत्कृष्ट सेवाको साथ यस प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिंदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा विशेष आभार ब्यक्त गरेको छ ।