मुख्य खबर

नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २३ गते, आईतवार १३:०६ मा प्रकाशित

काठमाडौँ ।  नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाख रुपैयाँ बराबरको आईपीओलाई निष्कासन । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।
यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा भने निवेदन पेश गरेको छैन । सेबोनमा निवेदन पेश गरि त्यहाँबाट स्वीकृती पाएपछि आईपीओ निष्कासन गरिनेछ ।

संस्थाले यसअघि नै आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।