मुख्य खबर

नेप्सेमा नयाँ कीर्तिमानी, सुचक २९०६ को बिन्दुमा

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २३ गते, आईतवार १७:०५ मा प्रकाशित

काठमाडौँ । नेप्सेमा नयाँ कीर्तिमानी, सुचक २९०६ को बिन्दुमा साताको पहिलो दिन नेप्से परिसूचकले नयाँ कीर्तिमानी कायम गरेको छ । आज नेप्से सूचक ५० दशमलव २७ अंकले बढेर २९०६ दशमलव ८९ को बिन्दुमा पुगेको हो ।

यो हाल सम्मकै उच्च बिन्दु हो । आज १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ रूपैयाँ बराबरको कारोबार भएको छ । आज आज ईन्भेष्टमेन्ट, बैकिङ, लगायत ७ क्षेत्रको समूहगत सूचक बढेको हो । कारोबारमा आएका २१७ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।