nic bank
himalayan everesat
Nmb bank

राज्यमन्त्री मानन्धरले के-के गरे ? पढ्नुहोस् मानन्धरले सामाजिक संजाल मार्फत दिएको साबिती बयान

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

राज्यमन्त्री मानन्धरले के-के गरे ? पढ्नुहोस् मानन्धरले सामाजिक संजाल मार्फत दिएको साबिती बयान अघिल्लो बर्षको लकडाउनमा मन्त्रीहरु गुमनाम हुँदा सिंगो राज्यकै तर्फ बाट सक्रियता जनाएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले राज्यमन्त्री बाट बिदा पाए पछि प्रधानमन्त्रीलाई बिशेष धन्यवाद दिएका छन्।

राज्यमन्त्री रहदै गीत गाएर गिनिज बुकमा नाम लेखाएका मानन्धरले आज सामाजिक संजाल मार्फत धन्यवाद दिदै यस्तो लेखेका छन्। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू को नेतृत्वमा २०७६ मंसीर ४ देखि २०७८ जेठ २१ गते सम्म सहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेँ ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा गर्ने अभियानमा राज्यमन्त्री पदको हैसियतमा रहि जन आकांक्षा पुरा गर्ने अवसरका रुपमा कार्य गर्न पाएँ ।

यस अवधिमा जनताको विकासको तिब्र चाहना पुरा गर्नका लागि पारदर्शीरुपमा कार्य गर्दै आएको सबैमा जानकारी नै छ । नेपाल सरकारले मन्त्री राज्य मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराउने हरेक महिनाको रु ४० हजारका दरले १८ महिना सम्मको रु ७ लाख २० हजार र कार्यालय व्यवस्थापनका सुविधा अन्तरगत प्राप्त हुने रु २ लाख रकम समेत नलिईएको सबैमा जानकारी गराउँदछु । साथै खर्च भएर नजाने जिन्सी सामानहरु ल्यापटप तथा आइप्याड र सवारी साधन समेत फिर्ता बुझाएको जानकारी गराउँदछु ।

यो अवधिमा पारिश्रमिकको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा गएको र चल अचल सम्पत्ती विवरणमा कुनै हेरफेर नभएको समेत अवगत गराउँदछु ।

साथै २०७० साल देखिनै निरन्तर रुपमा पार्टीको लेवी मासिक रु १५ हजार तथा काठमाडौं क्षेत्र नं ७ को पार्टी कार्यालय सञ्चालनका लागि मासिक रु १५ हजार घर भाडा सहित अन्य खर्च व्यवस्थापन गर्दै आइरहेको जानकारी गराउँदछु ।

सरकारबाट बिदा भएपनि नेकपा एमालेको एक नैतिकवान, इमान्दार सिपाहीका रुपमा जनताको बिचमा सदाझैं रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु। समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभियानमा विश्वास गरी राज्यमन्त्रीको जिम्मेवारीमा काम गर्ने अवसर दिनुभएकोमा नेकपा एमालेका श्रदय अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्युलाई विशेष धन्यवाद दिन चाहन्छु ।

साथै सधैं साथ र समर्थनका लागि काठमाडौं क्षेत्र नं ७का मतदाता, समर्थक, शुभचिन्तक मित्रहरु पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता हरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...