मुख्य खबर

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २४ गते, सोमबार १९:१७ मा प्रकाशित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री तामाङले आफ्ना सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के(के समेटिएको छ भन्ने खुलेको छैन । जोसुकै भएपनि सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने मन्त्रीको तर्क थियो ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।