मुख्य खबर

सीईडीबी हाइड्रोपावरको आइपीओ आज देखि कारोबारमा, कति तोकियो ओपनरेञ्ज ?

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २६ गते, बुधबार १०:०३ मा प्रकाशित

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले मंगलबार संस्थापक लगानीकर्ताको ५८ लाख ७५ हजार ८७० कित्ता र सर्वसाधरणतर्फको २५ लाख १८ हजार २३० कित्ता गरी कुल ८३ लाख ९४ हजार १०० कित्ता नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आज देखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले १३८.७९ रुपैयाँदेखि ४१६.३७ रुपैयाँ ओपनरेञ्ज तोकेको छ । यसकै बीचमा रहेर पहिलो कारोबार खुल्नेछ ।

कम्पनीले वैशाख १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट भाग्यमानी २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने ४ जनाले थप १र१ कित्ता सेयर पाएका थिए ।

कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।