मुख्य खबर

धितोपत्र बोर्डको निर्णयप्रति नेपाल स्टक एक्सचेन्जले असन्तुष्टि

  • आर्थिक प्लस संवाददाता

    २०७८ असार ६ गते, आईतवार २०:५० मा प्रकाशित


काठमाडौं । ५१ कम्पनीको कारोबार रोक्का गर्ने उद्देश्यले नभई जोखिमको मूल्यांकन गरी लगानी गर्न लगानीकर्तामा सूचित गरेको बोर्डको दावी । सेयर बजारमा चलखेल गरेको भन्दै नेपाल धितोपत्र बोर्डले गत असार १ गते ५१ कम्पनीको सूची प्रकाशित गर्‍यो ।

ती कम्पनीको कारोबार रोक्का गर्ने उद्देश्यले नभई जोखिमको मूल्यांकन गरी लगानी गर्न लगानीकर्तामा सूचित गरेको बोर्डको दावी छ । १ वर्षमा ३ सय प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेका, मूल्य आम्दानी ‘पीई’ अनुपात सय प्रतिशत वा सो भन्दा बढी भएका, प्रतिसेयर आम्दानी अनुपात ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ ऋणात्मक भएका र कम्पनीको वित्तीय क्षमताजस्ता मापदण्डको आधारमा बोर्डले सूचना निकालेको हो ।

 

जोखिमयुक्त सूचीमा राखेका ५१ कम्पनीहरूले कुनै न कुनैरूपमा इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार , कर्नरिङ गरेको आशंका बोर्डको छ ।धितोपत्र बोर्डले कारवाही गरेका अधिकांश कम्पनीहरूमा लघुवित्त वित्तीय संस्था, जलविद्युत कम्पनी र बीमा कम्पनीहरू छन् ।

 

ठूला लगानीकर्ताको प्रभावमा धितोपत्र बोर्डले सूची तयार पारेको भन्दै टिप्पणी बढेको छ । धितोपत्र बोर्डले नै कारोबार बन्द गरिदिएको विशाल बजार र राष्ट्रिय बीमा समिति समेत सूचीमा परेको भन्दै धितोपत्र बोर्ड तथा यसका अध्यक्ष भिष्मराज ढुंगानाको तीव्र विरोध भयो ।

 

चलखेल भएको देखेर लगानीकर्तालाई सूचित मात्रै गराइएको तर कारोबार रोक्न नभनिएको भन्दै ढुंगानाले साना र नयाँ लगानीकर्ताका लागि धितोपत्र बोर्डले सचेत गराएको हो । यो बोर्डको नियामकीय अधिकार भित्रको कुरा भएको बताए।

 

छोटो समयमा अत्यधिक प्रतिफल कमाउने आशामा कुखुरा बेचेर, बाख्रा बेचेर , श्रीमतीका गरगहना बेचेर वा ऋण नै काडेर बजारमा प्रवेश गरेका छन् । ठूला लगानीकर्ताहरू त्यहाँबाट निकाल्ने तयारी गरिरहेको समयमा साना लगानीकर्ताको संरक्षणका लागि बोर्डले सचेतमात्रै गराएको हो।

धितोपत्र बोर्डको निर्णयप्रति नेपाल स्टक एक्सचेन्जले असन्तुष्टि जनाएको छ ।

 

कम्पनीहरूले आफ्नो वित्तिय विवरण वेबसाइडमा राखेकै छन् । लगानीकर्ताले त्यहाँ गएर आफ्नो धारणा बनाउन सक्ने भएकाले धितोपत्र बोर्डले खराब र असल भन्न आवश्यक थिएन। खराब र असल भन्ने कुराको निर्धारण बजार आफैंले स्वस्नियमन गर्ने कुरा हो बोर्डले सूची प्रकाशन गर्न आवश्यक छैन ।

 

बजारको माग र आपूर्तीको कारण मूल्यको निर्धारण हुने भएकाले ३ सय प्रतिशतले सेयर मूल्य बढ्यो भनेर वक्तव्यबाजी गर्नुको औचित्य नरहेको साउदको भनाइ छ ।

 

लगानीकर्तालाई सचते गराउने अधिकार बोर्डलाई रहेको छ। लगानीकर्तालाई सचेत गराउने तथा खराब कम्पनीहरूको सूची प्रकाशित गर्ने र कारवाही गर्ने अधिकार बोर्डलाई छ ।

 

भविष्यमा सम्भावना बोकेका कम्पनी माथि बोर्डले विषय विज्ञसँगको परामर्श गर्न नसकेको टिप्पणी छ ।