मुख्य खबर

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन पेश

  • आर्थिक प्लस संवाददाता

    २०७८ असार ६ गते, आईतवार २१:१४ मा प्रकाशित

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

बैंकले १:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबोनमा निवेदन पेश गरेको हो ।

बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

बैंकको माघ १६ गते, शुक्रबार सम्पन्न भएको १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००५ हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा ९२००५० १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने जेठ २० गते, बिहीबार १स्१ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको थियो ।

बैंकले यसअघि पनि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म १स्१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।