मुख्य खबर

नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन,कसरी गर्ने सुरक्षित ?

  • आर्थिक प्लस संवाददाता

    २०७८ असार ७ गते, सोमबार १२:०० मा प्रकाशित

 

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको लचभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कोषले प्रस्तावित लाभांश पारित गर्न असार १८ गते २६ औं वार्षिक साधरण सभा डाकेको छ । सभा प्रयोजनाका लागि कोषले असार ८ गते बुकक्लोज तोकेको छ । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

कोषले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।