nic bank
himalayan everesat
Nmb bank

यी दुई कम्पनीलाई नेपाल धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति,कति-कति कित्ता आउँछ

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।

बोर्डले असार ३१ गते बिहीबार सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो ।

दुबै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेका हुन् । सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थिए ।

आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार सानिमा लाइफको आईपीओले ‘केयर एनपि आइआर ट्रिपल बि माइनस’ रेटिङ प्राप्त गरेको छ । जसले कम्पनीमा गरेको लगानी मध्यम किसिमको सुरक्षाको संकेत गर्छ ।

मानुषी लघुवित्तको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बि प्लस’ रेटिङ दिएको छ । कम्पनीले दिएको सिङ्गल बिप्स रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा नगरेको खण्डमा उच्च जोखिमको संकेत गर्छ ।

आईपीओ निष्कासन पछि सानिमा लायफको चुक्ता पुँजी २ अर्ब र मानुषि लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

यससँगै नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७÷०७८ मा २१ संस्थालाई १५ अर्ब ५ करोड ५३ लाख २८ हजार ७०० रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गर्न स्वीकृति दिएको छ ।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...