मुख्य खबर

कामना सेवा विकास बैंकले खुद मुनाफमा मार्यो छलाङ,प्रगतिमा यसरी निरन्तर हाल्दैछ सिढी

  • आर्थिक प्लस संवाददाता

    २०७८ श्रावण ३ गते, आईतवार १०:४४ मा प्रकाशित

काठमाडौं ।  कामना सेवा विकास बैंकले खुद मुनाफमा छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण खुद नाफमा ४८४.९० प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

विवरण अनुसार बैंकले गत आवको असार मसान्तसम्म कुल ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५८ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानी, गैर संचालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ३ लाख रुपैयाँमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसैगरी, बैंकको सञ्चालन मुनाफा ३४४ प्रतिशतले बढेर ७१ करोड १६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले २८ करोड ७६ लाख रुपैयाँ गैर संचालन मुनाफा आर्जन गरेको छ

समीक्षा अवधिमा बैंकले ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८४ करोड ४३ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४४ करोड ४८ लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी ४६०.५० प्रतिशत अर्थात् ४.७१ रुपैयाँबाट बढेर २६.४० रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४८.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.९७ प्रतिशत, खराब कर्जा १.५ प्रतिशत र बेसरेट ८.३८ प्रतिशत रहेको छ ।