मुख्य खबर

सेयर बजारले झन्डै १०० अंकको छलाङ मार्दा पनि मूल्य घट्ने यी हुन् आठ कम्पनी

  • आर्थिक प्लस संवाददाता

    २०७८ श्रावण ३ गते, आईतवार १७:५८ मा प्रकाशित

 


नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो कारोबारको दिन आइतवार शेयर बजारमा ठूलो अंकले वृद्धि भएको छ ।

आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९७.२१ अंकले बढेको हो ।

परिसूचक ३.३७ प्रतिशतले बढ्दा शेयर बजार २९८०.६१ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक पनि यस दिन ३.६१ प्रतिशतले बढेको छ ।

परिसूचक १९.५५ अंकले बढ्दै ५६०.९६ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

यस दिन २ सय २१ कम्पनीहरूको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

यस दिन सबै समूहहरूको उपसूचकहरू सकारात्मक छन् । जसमध्ये विकास बैंक समूहतर्फ सबैभन्दा बढी ५.०५ प्रतिशतको वृद्धि भएको छ ।

यसपछि बैंकिङको ४.७१ प्रतिशतको वृद्धि भएको छ ।

आइतवार ४ कम्पनीहरूको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, न्याग्दी ग्रुप पावर लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स लिमिटेडको शेयर सबैभन्दा बढी मूल्य ४० करोड ९९ लाख ७५ हजार १४० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

यस्तै नबिल बैंकको ३८ करोड ६१ लाख ६७ हजार ४८४ रुपैयाँ बराबरमा शेयर कारोबार भएको छ।

शुक्रबार नयाँ अर्थमन्त्री जर्नादन शर्माले सेयर बजारमा रहेका समस्या समाधान गर्दै सर्वसाधरण अनुकुल बनाइने बताएका थिए । अर्थमन्त्रलीले सेयर बजार सम्बन्धी सकारात्मक धारण राखेसँगै लगानीकर्ता उत्साहित हुँदा बजारले गति लिएको हो ।

आज सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिकसाढे ५ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज दोब्बरले बढेर साढे ११ अर्ब बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका १८३ (डिबेन्चर र म्युचुअल फण्ड बाहेक) कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ८ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

बढ्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १.७७ प्रतिशतले घटेको छ । यसैगरी, रिडी हाइड्रोपार १.३९ प्रतिशतले, अरुण भ्इाली १.०४, नारायणी विकास बैंक, अपर तामाकोशी, सेन्टर फाइनानस, राधी विद्युत् कम्पनी र बेस्ट फाइनान्सको सेयर मूल्य १ प्रतिशतभन्दा कमले घटेको छ ।