nic bank
himalayan everesat
Nmb bank

कर्मचारीको खातामा कुन-कुन बैंकले जम्मा गरे बोनस,कुन बैंकले कति दिए ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बोनस वितरण गर्न थालेका छन् । बैंकहरुले गत आर्थिक वर्षको अनुमानित नाफाको हिसाब गरी साउनमा कर्मचारीलाई १ महिनादेखि ५ महिनासम्मको बोनस वितरण गरेका हुन् ।

अनुमानित नाफाको हिसाब गरेर साउन ९ वटा वाणिज्य बैंकले बोनस कर्मचारीको खातामा पठाइसकेका छन् भने ८ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकले साउनभित्रै पठाउने तयारी गरेका छन् ।

बोनस ऐनअन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकहरुले दशैंमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्छन ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइ दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस बितरण गर्न थालेका हुन् । हालसम्म अनुमानित नाफाको हिसाब गरी बोनस बाँड्नेमा नबिल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक र एनएमबि बैंकले साउन १ गते नै कर्मचारीको खातामा बोनस पठाइ सकेका छन् ।

साउन महिनाभित्रै बोनस पठाउने तयारीमा रहेका बैंकमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, एनसीसी बैंक, एनआइसी एशिया बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू र नेपाल एसबीआई बैंक छन् ।

कर्मचारीको खातामा बोनस पठाउने बैंकमा नबिल बैंकले ५ महिनाको तलब बराबरको बोनस कर्मचारीको खातामा साउन १ गते नै पठाइसकेको छ । सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंकले साउनको १ गते नै कर्मचारीलाई ३ महिना बराबरको बोनस खातामा पठाएको हो ।

साथै, प्रभु बैंक र कुमारी बैंकले पनि साउन १ गते नै कर्मचारीलाई २ महिनाको तलब बराबरको बोनस खातामा पठाइ सकेको छ । एनएमबि बैंक र सानिमा बैंकले भने एड्भान्स बोनस भनेर कर्मचारीलाई साउन १ गते खातामा पैसा जम्मा गरिदिएको हो ।

यसैगरी, गत वर्षको अनुमानित नाफाबाट साउन महिनाभित्रै हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक र बैंक अफ काठमाण्डूले ३ महिनाको तलब बराबरको बोनस दिने तयारी गरेको छ । साथै, कर्मचारीलाई बोनस दिने तयारीमा माछापुच्छ्रे, एनआइसी एशिया बैंकले १ महिनाको तलब बराबरको बोनस साउनको दोस्रो साता भित्रै खातामा पठाउने तयारी गरेका छन् । त्यसैगरी मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले पनि साउन महिनामै कर्मचारीलाई बोनस खातामा पठाउने तयारी गरेका छन् ।

गत अबको मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा दायरा तोकेपनि कर्मचारीको बोनसमा भने हस्तक्षेप नगरेपछि बोनस ऐनअनुसार बैंकहरुले कर्मचारीलाई बोनश वितरण गरेका हुन् ।

यसअघिका वर्षमा साउनको पहिलो सातामा बोनस वितरण गर्ने बैंकहरुले कोरोनाका कारण ऋणको असूलीमा अन्योलता भएका कारण केही बैंकहरुले कर्मचारीले पाउँदै आएको बोनसलाई रोकेका छन् ।

साँवा, ब्याज रिकभरी र राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् नउठेको ऋणीमा गर्नुपर्ने प्रोभिजनको व्यवस्था कस्तो गर्छ । सोहीअनुसार कर्मचारीलाई बोनस वितरण कहिले र कतिसम्म वितरण गर्न पक्षमा अधिकांश बैंक व्यवस्थापन छन् ।

कोरोना शुरु हुन अघिसम्म प्रायजसो बैंकहरुले साउनको पहिलो साताभित्र १ महिनादेखि ६ महिनासम्म तलब बराबरको बोनस वितरण गर्दै आएका थिए । तर अहिले यस्तो प्रकारको बोनस वितरणको प्रचलन केही बैंकहरुले स्थगित गर्नुका साथै, बोनस वितरण गर्ने बैंकहरुले पनि अघिल्लो समयको भन्दा घटाएका छन् ।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...