nic bank
himalayan everesat
Nmb bank

अब यसरी आफै छुट्याउनुस् आफ्नो सेयर अल्पकालीन कि दीर्घकालीन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।नयाँ आर्थिक वर्ष शुरु भएसँगै सेयर कारोबारमा दुई प्रकारको पूँजीगत कर लाग्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

अब धितोपत्र बजारमा अल्पकालीन लगानीकर्ता (१ वर्षभन्दा कम अवधिका लागि ) ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका (१ वर्षभन्दा बढी अवधिका लागि) ५ प्रतिशत कर लागू भएको हो । यसअघि दुवै थरीका लगानीकर्तालाई समान लागि एउटै ५ प्रतिशत कर लाग्थ्यो ।

धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न र छोटो अवधिको लगानीबाटै राम्रो प्रतिफल खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अल्पकालीन लगानीकर्तालाई बढी पूँजीगत लाभकर लगाइएको हो ।

नयाँ कर व्यवस्था लागू भएसँगै सीडीएस एण्ड क्लियरिङ्ग (सीडीएससी)ले मेरो सेयर प्रणाली नयाँ सुविधा थप गरेको छ । सीडीएससी धितोपत्रको स्वामित्व (सेयर होल्ड गरेको) अवधि गणना गर्ने सुविधा ल्याएको हो ।

आफूले विक्री गरेको सेयर अल्पकालीन हो वा अल्पकालीन हो भन्ने यकिन गरी ट्रान्सफर गर्नको लागि my purchase source मा my holdings भन्ने अप्सन थप गरेको हो ।

यसरी छुट्याउनुस् आफ्नो सेयर अल्पकालीन र दीर्घकालीन

my purchase source मा गएर आफूले खरिद गरेको लागत यकिन गरीसकेपछि my holding मा गएर १ वर्षभन्दा कम अवधिको सेयर भए shurt term अर्थात् ST र १ वर्ष भन्दा बढी होल्ड गरीएको सेयर भए long term अर्थात् LT छनौट गर्नु पर्ने छ ।

यो प्रणालीले अर्थात् सिस्टमले नै छनौट गर्ने छ । तर सिस्टमले दिएको जानकारी गलत भए आफूले नै त्यसलाई उचित कारण वा प्रमाण दिएर सच्च्याउन सकिन्छ ।

त्यस्तै मर्ज वा प्राप्तिमा गएको सेयर भए user defined merger file मा क्लिक गरी मर्जमा गएको कारण छुट प्राप्त हुने छनौट गर्न सकिने छ । त्यसपछि अपडेटमा क्लिक गरी विवरण अध्यावधिक गर्नु पर्ने छ । त्यसपछि ट्रान्सफर सेयरमा क्लिक गरी सेयर ट्रान्सफर गर्नु पर्छ

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....