मुख्य खबर

महालक्ष्मी विकास बैंकले खुद मुनाफमा मार्यो छलाङ, ७१.०२ प्रतिशतले वृद्धि

  • आर्थिक प्लस संवाददाता

    २०७८ श्रावण ६ गते, बुधबार ११:०२ मा प्रकाशित

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले खुद मुनाफमा छलाङ मारेको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण खुद नाफमा ७१.०२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

विवरण अनुसार बैंकले गत आवको असार मसान्तसम्म कुल ७३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३१ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा बैंकले ४२ करोड ८५ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको संचालन र गैर संचालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको संचालन नाफा ६७.७९ प्रतिशतले बढेर १ अर्ब २ करोड ३४ लाख रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसैगरी, बैंकको गैर सञ्चालन मुनाफा ३८६.७८ प्रतिशतले बढेर १६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा ३ करोड ३९ लाख रुपैयाँ मात्र थियो ।

समीक्षा अवधिमा बैंकले ३८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल ३ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ५६ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ५६ करोड ३८ लाख रुपैयाँ रहेको छ । यसले सेयरधनीलाई करिब १६ प्रतिशतसम्म लाभांश वितरण गर्न पुग्छ ।

बैंकको प्रतिसेयर आम्दानी ५७.१८ प्रतिशत अर्थात् १३.९५ रुपैयाँबाट बढेर २१.९३ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६४.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.२९ प्रतिशत, खराब कर्जा ३.३२ प्रतिशत र बेसरेट ७.२८ प्रतिशत रहेको छ ।