nic bank
himalayan everesat
Nmb bank

नेपाल लाइफलाई उछिन्न कसैको पुगेन हुति, युनियनले कुन-कुनलाई दियो टक्कर (हेर्नुहोस् कसको कति ?)

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । जीवन बीमा तर्फ बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्सले पहिलो स्थान कायमै राखेको छ ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरु ४१ अर्ब ९३ करोड प्रथम बीमा शुल्क तथा नविकरण अन्तर्गत ७८ अर्ब ३९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिका अनुसार गतवर्ष सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेर नेपाल लाइफले आफ्नो पहिलो स्थान कायम राखेको छ । नेपाल लाइफले ८ अर्ब ८२ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छ भने नविकरण अन्तर्गत २३ अर्ब ९९ करोड बीमा शुल्क आर्जन गरेको छ ।

यो पटक प्रथम बीमा शुल्क आर्जनमा नेशनल लाइफ छ । नेशनलले प्रथम बीमा शुल्क अन्तर्गत ४ अर्ब ३ करोड आर्जन गरेको छ भने नविकरण अन्तर्गत ८ अर्ब १० करोड आर्जन गरेको छ ।

नयाँ कम्पनीमा युनियन लाइफले पुरानालाई प्रथम बीमा शुल्कमा टक्कर दिएका छ । प्रथम बीमा शुल्क आर्जनमा युनियन चौथो स्थानमा रहेको छ । युनियनले ३ अर्ब १८ करोड प्रथम तथा नविकरण अन्तर्गत ३ अर्ब ५७ करोड आर्जन गरेको छ ।

पुराना कम्पनीमा सरकारी लगानीको ७६ करोड प्रथम तथा नविकरणबाट ६ अर्ब ६५ करोड संकलन गरेको छ । यस्तै,३ अर्ब ५६ करोड प्रथम बीमा शुल्क र नविकरणबाट १३ अर्ब ५८ करोड गरेको छ ।

मेटलाइफले १ अर्ब ४५ करोड प्रथम तथा नविकरणबाट ३ अर्ब ५७ करोड संकलन गरेको छ । एशियन लाइफको २ अर्ब १३ करोड प्रथम तथा नविकरणबाट ३ अर्ब ७८ करोड संकलन भएको छ ।

सुर्या लाइफले १ अर्ब ९७ करोड प्रथम बीमा शुल्क तथा नविकरणबाट २ अर्ब २९ करोड संकलन गरेको छ । गुरासले १ अर्ब ६८ करोड प्रथम तथा नविकरणबाट २ अर्ब संकलन गर्न सफल भएको छ ।

प्राइम लाइफले १ अर्ब ६८ करोड तथा नविकरण अन्तर्गत २ अर्ब ६३ करोड संकलन गरेको छ ।

नयाँ कम्पनीमा आइएमई लाइफले १ अर्ब ५९ करोड प्रथम तथा १ अर्ब ३९ करोड नविकरणबाट संकलन गरेको छ । ज्योति लाइफको १ अर्ब ८४ करोड प्रथम तथा नविकरणबाट १ अर्ब ३४ करोड रहेको छ ।

सन नेपालको ९१ करोड प्रथम तथा ८९ करोड नविकरण अन्तर्गत संकलन भएको छ । रिलायन्सको १ अर्ब ४८ करोड प्रथम तथा नविकरण अन्तर्गत १ अर्ब ९ करोड रहेको छ ।

रिलायवलको २ अर्ब २१ करोड प्रथम तथा नविकरणबाट ७८ करोड संकलन भएको छ । सिटिजन्सको २ अर्ब २ करोड प्रथम तथा नविकरणबाट १ अर्ब ४९ करोड संकलन गरेको छ ।

सानिमा लाइफले १ अर्ब ६८ करोड प्रथम तथा नविकरणबाट ६७ करोड संकलन गरेको छ । प्रभु लाइफले ८९ करोड प्रथम बीमा शुल्कबाट तथा नविकरणबाट ५६ करोड संकलन गरेको छ । महालक्ष्मी लाइफले ७५ करोड प्रथम अन्तर्गत र नविकरणबाट ३१ करोड संकलन गरेको छ ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...