nic bank
himalayan everesat
Nmb bank

११ वर्ष पूरा गरी १२ वर्ष लाग्दा सम्ममा मेगा बैंकले के-के गर्यो ? कसरी बैंकको भीडमा आफुलाई अब्बल बनायो ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । बैंकले ११औँं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको बैंकको अध्यक्ष भोज बहादुर शाहले बताए ।

“हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोही अनुरूप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रूपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौँ,” अध्यक्ष शाहले भने, “नेपाल राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रित गर्छौँ ।”

उनले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्न लागेको बताए ।

“युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेल्छ,” उनले भने, “मेगा बैंकको बितेको ११ वर्ष सिकाइ र उपलब्धिका वर्ष रूपमा रह्यो यो बीचमा बैंकले वित्तीय बजारमा छुटै पहिचान र ब्राण्ड बनाउन सफल भएको छ ।”

बैंककी सिईओ अनुपमा खुञ्जेलीले संस्थापक, सेयर धनीहरू, संचालक समिति, ग्राहकहरू, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरूको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औँं वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् । बैंकले वित्तीय बजारमा छोटो समयमै अलगै पहिचान र ब्रान्ड बनाउन सफल भएकोमा खुसी लागेको बताइन् ।

११ वर्ष अगाडि देशको २८ औँ बाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले हाल छैटौँ स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ । बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट सेवा दिँदै ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल र १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्सन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

बैंकले ११ औँं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो ।

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:००

  स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...