nic bank
Nmb bank
Machhapuchchhre Bank

डेढ अर्ब लगानीमा आइएमई समूहको दैनिक ७५ टन उत्पादन क्षमताको कागज उद्योग खुल्दै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा १ अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शिलान्याश भएको छ ।

आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले सोमबार नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेका हुन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ ।

आइएमर्ई समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यकपर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा १०० जनाले तत्काल रोजगार पाउने बताइएको छ ।

सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताए ।

आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन् । रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली...

वि.सं.२०८० चैत १५ बिहीवार २३:२४

  काठमाडौं। झापाको कन्काई नगरपालिकाले नगरवासीका लागि डिजिटल ठेगाना प्रणाली...

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो...

वि.सं.२०८० चैत १५ बिहीवार २३:०१

  वीरगंज चैत्र । मधेशी एकता समाज कतारले राजधानी दोहामा...

मन्त्री चौधरीले प्रतिवद्धता जनाएपछि धर्नारत दीपक भण्डारीसँग तीन बुँदे सहमति

मन्त्री चौधरीले प्रतिवद्धता जनाएपछि धर्नारत दीपक भण्डारीसँग...

वि.सं.२०८० चैत १५ बिहीवार २२:५४

  काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक...

बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा सम्मानित

बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा...

वि.सं.२०८० चैत १५ बिहीवार २२:५२

  काठमाडौँ । बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...