ime long ad

नेपाल उद्योग परिसंघको बरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल चुनिंदै,अरु को-को भए मनोनित ?


काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) को उपाध्यक्षमा ७ जना मनोनित भएका छन् ।

नयाँ कार्यसमितिका लागि उपाध्यक्ष पदमा सोमबार निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता चयन भएका हुन् ।

साउन ६ गते सम्पन्न परिसंघको १८औं वार्षिक साधारण सभाले विष्णुकुमार अग्रवाललाई अध्यक्ष चयन गरेको थियो ।

परिसंघको वरिष्ठ उपाध्यक्ष वर्तमान उपाध्यक्षबाटै चुनिने छ । उक्त पदमा हेमराज ढकाल चुनिने बुझिएको छ ।

यस अघि नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्वाचित भएका छन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार अग्रवाल अध्यक्षमा नियुक्त भएका हुन्। उनलाई परिसंघको १८औँ साधारणसभाले अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्ष थिए।

परिसंघको संस्थापक सदस्यहरुमा दीलिप अग्रवाल, शरदकुमार तिवेडढीवाला, आदित्य संघाईलगायत २० जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानका तर्फबाट वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, गुरुप्रसाद न्यौपाने, पम्पा धमाला, आशिष गर्ग, अशोक शेरचन, हितेश गोल्छालगायत १४ जना निर्विरोध निर्वाचित भएको नेपाल उद्योग परिसंघले जानकारी दिएको छ।

परिसंघका अनुसार संस्थागत सदस्यमा गोकुल भण्डारी, कृष्ण अधिकारी र बसन्तबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। यस्तै विभिन्न सात प्रदेशबाट सात जना राष्ट्रिय परिषद्मा नियुक्त भएका छन्।

राष्ट्रिय परिषद् सदस्यमा नियुक्त हुनेमा प्रदेश १ बाट भीम घिमिरे, प्रदेश २ बाट नरेन दास, बागमती प्रदेशबाट ऋषिराम घिमिरे, गण्डकी प्रदेशबाट विनोद न्यौपाने, लुम्बिनी प्रदेशबाट एजाज आलम, कर्णाली प्रदेशबाट पूर्णप्रसाद आचार्य र सुदुरपश्चिम प्रदेशबाट हेमविक्रम थापा निर्वाचित भएका छन्। परिसंघको पदेन सदस्यमा राजु पौडेल, सुरेश श्रेष्ठ, बाबुराम बोहोरा, लेखराज पोखरेल र कृष्णप्रसाद शर्मा गौतम निर्वाचित भएका छन्।


दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...