बिमामा आकर्षण बढ्दा नेप्से यसरी पुग्यो ३१०० नजिक, नाफा बुक गर्दा हाइड्रोपावर कम्पनीको कारोबार उच्च
Wednesday Jul 28, 2021
वि.सं.२०७८ साउन १३ बुधवार १७:३८
काठमाडौँ । सेयर बजारमा परिसूचक नेप्सेले लगातार नयाँ रेकर्ड बनाउने क्रमले आज पनि निरन्तरता पाएको छ । साताको चौँथो कारोबार दिन बुधबार दोहोरो अङ्कले बढेको नेप्से ३१०० अङ्कको बिन्दु नजिक पुगेको छ ।
आज बजार परिसूचक नेप्से १५.३० अङ्कले वृद्धि हुँदा ३०९४.९५ अङ्कमा बन्द भएको छ । मंगलबार ३०७९.६५ अङ्कमा बन्द भएको नेप्से आज ‘इन्ट्रा–डे’ कारोबारमा ३१०० अङ्कको बिन्दु पार गरेको थियो । ‘इन्ट्रा–डे’ मा नेप्से ३११३.८९ अङ्कको उच्च बिन्दु र ३०७५.९३ अङ्कको बीचमा घुमेको थियो ।
नेप्सेले ‘इन्ट्रा–डे’ मा पनि ३११३.८९ अङ्कको नयाँ रेकर्ड बनाएको हो । यसअघि मंगलबार ३०८६.५३ अङ्कसम्म पुगेको थियो । मंगलबारको तुलनामा कारोबार रकम भने केही घटेको छ । मंगलबार १५ अर्ब नाघेको कारोबार रकम आज १३ अर्बकमा झरेको छ ।
आज बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, उत्पादनमुलक र म्युचुअल फन्ड उपसूचकमा करेक्सन हुँदा अन्य सबै उपसूचक बढेका छन् । आज नेप्सेमा होटेल तथा पर्यटन, वित्त कम्पनी जीवन बिमा, निर्जिवन बिमा र लगानी उपसूचकमा आकर्र्षण देखिएको हो । सोमबारदेखि करेक्सन सुरु भएको बैंकिङ उपसूचकमा आज लगातार तेस्रो दिन पनि करेक्सन कायम छ ।
हाइड्रोपावर उपसूचक १.४७ प्रतिशत, बैंकिङ उपसूचक ०.८७ प्रतिशत र उत्पादनमुलक उपसूचक ०.५५ प्रतिशतले करेक्सन भएको छ । यता होटेल तथा पर्यटन उपसूचकम सवार्धिक ७.०९ प्रतिशतले वृद्धि हुँदा, निर्जीवन बिमा उपसूचक ३.०८ प्रतिशत, लगानी उपसूचक २.८९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.६३ प्रतिशत र जीवन बिमा उपसूचक २.४१ प्रतिशतले बढेको छ ।
आज नेप्सेमा लगातार बढेको हाइड्रोपावर कम्पनकिो सेयरमा नाफा बुक गर्दा कारोबार रकममा भने हाइड्रोपावर कम्पनी अगाडि देखिएका छन् ।
नेप्सेमा २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब २९ करोड १९ लाख ५५ हजारको कारोबार भएको छ । कारोबार रकममा जलविद्युत कम्मनी अगाडि रहेका छन् । धेरै कारोबार हुने शीर्ष ५ मा हाइड्रोपावर मात्रै हुँदा युनाइटेड मोदीको ३८ करोड ६१ लाख ४८ हजार, नेसनल हाइड्रोपवारको ३६ करोड ५३ लाख ७५ हजार र अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख ५ हजारको कारोबार भएको छ । त्यस्तै सिंगटी हाइड्रोपावरको ३१ करोड ८८ लाख ५६ हजार र अपी पावरको २९ करोड ५९ लाख ५५ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएका मध्ये नारायणी विकास बैंक, मल्टीपपर्स फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य बढेर सक्र्रिट लेभलमा बन्द हँदा सोल्टी होटेको सेयरमु्ल्य ८.०६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.०५ प्रतिशतले बढेको छ ।
सेयर मूल्य घट्नेमा हाइड्रोपावर कम्पनी अगाडि छन् । पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोको ४.९८ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावरको ४.१८ प्रतिशत, पाचथर पावरको ४.१५ प्रतिशत र रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ३.९५ प्रतिशतले घटेको छ ।
आज नेप्सेका कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा १०९ कम्पनीको मूल्य बढेको छ । त्यस्तै ७३ कम्पनीको मूल्यमा गिरावट हुँदा १ कम्पनीको भने स्थिर रह्यो ।