nic bank
himalayan everesat
Nmb bank

मैलुङ खोला जलविद्युतको आईपीओ भोली देखि, कति कित्ता भर्नु उपयुक्त ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

  काठमाडौँ ।  भोलि साउन १४ गतेबाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ।

मैलुङ खोला जलविद्युतले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ।

यो आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो।

यो कम्पनीको आईपीओमा पनि सर्वसाधारणले १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ। किनकि यसअघिको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो। यसमा झन्डै २१ लाख आवेदकबाट सेयर माग भएको थियो।

यो हिसाबले मैलुङ खोलाको आईपीओमा पनि २१ लाख बढी नै आवेदन पर्ने देखिन्छ। जसअनुसार यो आईपीओ गोलाप्रथाबाट १०/१० कित्ताका दरले बाँडफाँड हुने देखिन्छ।

यो आईपीओमा सर्वसाधारणले ६ लाख ८४ हजार ७४६ कित्तामा मात्र आवेदन दिन पाउने हुँदा ६८ हजार ४७४ आवेदकले १० कित्ताका दरले र तिनै आवेदनकमध्ये १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ६ आवेदकले थप १/१ कित्ता पाउने कम्पनीले जनाएको छ।

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ : अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३५

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली...

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ : मन्त्री भण्डारी

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३०

  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ५ बुधवार २०:४३

  एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा...

देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न दिन आवश्यक : मन्त्री बस्नेत

देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न...

वि.सं.२०८१ वैशाख ५ बुधवार १३:३०

  उर्जा जल श्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले...