ime long ad

नेप्से ओरालो लाग्दा पनि चम्किएका यी हुन् ९ कम्पनी


काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएके छ । बुधबार इतिहासकै सर्वाधि विन्दुको कीर्तिमान बनाएको बजारमा आज करेक्शन आएको हो । तीव्र उतरचढाव देखिएको बजार यस साता समग्रमा करिब २२ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । यससाता औसतमा दैनिक १४ अर्ब माथि कारोबार हुँदै आएकोमा आज करिब ११ अर्बमा सीमित भएको छ । प्रफिट बुक गर्ने हाबी हुँदा सूचकसँगै कारोबार रकम पनि घटेको अनुमान गरिएको छ । आज सेयर बजार मापक सूचक नेप्से १५.१३ अंकले घटेर ३०७९.८२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरको २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल तथा पर्यटन र विकास बैंक बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएक छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको छ भनेफाइनान्स समूह १.९६ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका २१७ कम्पनीमध्ये ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्ट्रीलरी २९ करोड र युनाइटेड मोदी हाइड्रोपावरको २५ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे । दोहोरो अंकले घटेको बजारमा आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । आज जीवन विकास लघुवित्त ८.२२ प्रतिशत, सप्तकोशी विकास बैंक ७.६५, युनाइटेड इदीमार्दी हाइड्रोपावर ७.५५, चन्द्रागिरी हिल्स ६.०५, सिन्धु विकास बैंक, वरुण हाइड्रोपावर, लुम्बिनी र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । घट्दो बजारमा आज गुडविल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ७.३३ प्रतिशत गुमाएका छन् ।


दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...