ime long ad

यी साथ ठाउँमा विद्युतीय बसको चार्जिङ स्टेशन बनाउन सरकारले दियो जग्गा


काठमाडौँ ।  वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ ।

आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौँडास्थित वाग्मती प्रदेश यातायात व्यवस्थापन बोर्डलाई काठमाडौँको बसपार्क, चितवनको भरतपुर बसपार्क, नुवाकोटको विदुर बसपार्क र मकवानपुरको हेटौँडा बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराएको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा भइसकेको बोर्डका कार्यकारी निर्देशक जगदिशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

आगामी भदौ मसान्तभित्रमा काठमाडौँलगायत छ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन निर्माण गरिने भएको छ ।विद्युतीय बस सञ्चालनका बोलपत्र आह्वान गरिएकामा अहिले दुईवटा अन्तर्राष्ट्रियस्तरको बोलपत्र दर्ता भएको र हाल बोलपत्रको मूल्याङ्कन भइरहेको बोर्डका कार्यकारी निर्देशक ढुङ्गानाले बताए ।

उनका अनुसार सरकारी निकायसँग समन्वय गरेर विद्युतीय बस खरीद प्रक्रियालाई पारदर्शी र निष्पक्षताका साथ सार्वजनिकरण गरिनेछ ।तीसवटा बस खरिद गरिनेमा २० वटा काठमाडौँ उपत्यकामा र १० वटा उपत्यकाबाहिर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।सर्वसाधारणले उक्त बसमा यात्रा गर्दा ज्यादै न्यून भाड तिनुपर्ने जनाइएको छ ।


दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...