ime long ad

सिटिजन्स् बैंक यसरी चम्किंदैछ निरन्तर,१ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ यसरी कमायो खुद नाफा


 सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफामा छलाङ मारेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० करोड रुपैयाँ अर्थात् ३३.४० प्रतिशत बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा बैंकको नाफामा सुधार भएको होे । समीक्षा अवधिमा बैंकको खुद नाफा २५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा ४३.६६ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ रहेको छ। १२ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९ करोड ८९ लाख रुपैयाँ संचित रहेको छ । असार मसान्तसम्ममा बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १३.१९ रुपैयाँबाट बढेर १५.३८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.१० गुणा, आधार दर ७.५५ प्रतिशत, सीसीडी अनुपात ७७.४२ प्रतिशत र खराब कर्जा २.७७ प्रतिशत रहेको छ ।

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...