nic bank
himalayan everesat
Nmb bank

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम गर्यो भुक्तानी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडाैँ  । एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही रू. १०–१० लाख गरी कुल रू. २० लाख बीमा रकम भुक्तानी गरेको छ।

जसअनुसार बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएको छ। उनकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

साथै बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएकोे छ। उनलाई बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

बैंकको यस सुविधाबाट घरको मुख्य मान्छे नै गुमाएका परिवारजनले ठूलो लाभ प्राप्त गर्ने विश्वास विनिताले गरिन्। उनले भनिन्, ‘मेरो परिवारलाई सहयोग गरेवापत यस बैंकका सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

दुवै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो। यस बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू. ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन्।

 

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:२६

  नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ :...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १८:२०

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील...

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

वि.सं.२०८० चैत २९ बिहीवार २३:३९

    मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको...

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत २९ बिहीवार २३:३६

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको...

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक

वि.सं.२०८० चैत २६ सोमवार १२:१९

जापानको सर्वोत्कृष्ट पेन्ट KNP Nerolac Paint ले हालै मात्र नेपालभरका...