ime long ad

कनेक्ट आईपीएसको कारोबार वृद्धि एक महिनामै दुई खर्ब बढीको कारोबार

Machhapuchchhre Bank ad

kumari long ad

काठमाडौं । कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक वर्षको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत जेठको तुलनामा असारमा हालसम्मकै उच्चा मात्रामा वृद्धि भएको हो ।

दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत देशका अधिकाशं जिल्लामा निषेधाज्ञा लागु हुँदा कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा कमी आएको थियो । पछिल्लो समय निषेधाज्ञा केही खुलुको भएसँगै कारोबार रकममा वृद्धि हुन थालेको हो ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा कनेक्ट आईपीएसबाट हुने कारोबार अहिलेसम्मकै उच्चमा पुगेको छ । जेठ महिनामा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाखको कारोबार भएको असार महिनामा ५० प्रतिशतले वृद्धि हुदै २ खर्ब नाघेको हो । एक वर्षमा कनेक्ट आईपीएसबाट डिजिटल भुक्तानीको कारोबार ३६३ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांक अनुसार असार महिनामा कनेक्ट आईपीएसबाट २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाखको कारोबार भएको छ । गत जेठ महिनाको तुलनामा असार महिनामा साढे ७९ अर्ब बढीले कारोबार भएको हो ।

यस्तै, गत वर्ष सोही महिनामा ९असार० कनेक्ट आईपीएसबाट कारोबार हुने रकम ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर थियो । गत जेठ महिनाको तुलनामा असार महिनामा कनेक्ट आईपिएस, क्यआर कोड, इकमर्स, वालेट, मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार रकममा वृद्धि भएको छ ।

वालेट मार्फत गत जेठ महिनामा ८ अर्ब ३५ करोड ३० लाख बराबरको कारोबार भएकोमा असार महिनामा १२ अर्ब ७९ करोड बराबरको कारोबार भएको छ । गत जेठ महिनाको तुलनामा असार महिनामा मात्र ४ अर्ब ४३ करोड ७० लाखले कारोबारमा रकममा वृद्धि भएको छ ।

यस्तै, गत जेठ महिनामा तुलनामा असार महिनामा क्यूआरमा आधारित भुक्तानी मार्फत हुने कारोबारमा १६ करोड ८३ लाखले वृद्धि भएको छ । जेठ महिनामा १ अर्ब ९६ करोड ८० लाख बराबरको कारोेबार भएकोमा असार महिनामा ३ अर्ब ६५ करोड १० लाख बराबरकोे कारोबार भएको छ ।

असार महिनामा मोबाइल बैंकिङ कारोबार ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको असार महिनामा १८ अर्ब ८३ करोड ९० लाख बराबरको कारोबार भएकोमा एक वर्षको अवधिमा २११ प्रतिशतले कारोबार रकममा वृद्धि भएको हो । जेठ महिनामा मोबाइल बैंकिङ मार्फत ५३ अर्ब १६ करोड बराबरको कारोबार भएको थियो ।

century bank long ad

बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७८ कात्तिक १० बुधवार २२:०१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम...

भारी अंकले उकालो लागेको शेयर बजारमा ६ अर्ब ६१ करोडको कारोबार

भारी अंकले उकालो लागेको शेयर बजारमा ६...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:५६

काठमाडौं । सोमबार र मंगलबार भारी अंकले उकालो लागेको शेयर...

सांग्रिला बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

सांग्रिला बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४९

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क...

होण्डाको पहिलो विजेता घोषणा

होण्डाको पहिलो विजेता घोषणा

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४५

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक, नयाँ बोनसदर कति ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:३४

  काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो...

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा श्रीमती बिजया स्वारज्यू नियुक्त

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:०९

  नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा...